दार्चुलाको एक मतदान केन्द्रमा झडप, मतदान स्थगित | Khabarhub Khabarhub

दार्चुलाको एक मतदान केन्द्रमा झडप, मतदान स्थगित


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

दार्चुला – दार्चुलाको एक मतदान केन्द्रमा दुई पक्षबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ । जिल्लाको शैलशिखर नगरपालिका ५ मालिकार्जुन मावि आगर मतदान केन्द्रमा गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

मतदान गर्ने विषयमा दुई पक्षबीच भएको विवाद झडपमा परिणत हुन थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन तीन राउण्ड हवाई फायर गरेको हो । अहिले स्थिति समान्य भएको छ भने तत्कालका लागि मतदान स्थगित गरिएको छ । 

सो मतदान केन्द्रमा पुनः मतदान शुरु गराउनका लागि अहिले सर्वपक्षीय बैठक बनीरहेको प्रहरी निरीक्षक शाहीले बताए ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  २ : ४० बजे

जसपाले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं– अशोक राईको नेतृत्वमा नयाँ गठन भएको जसपाले आज पत्रकार

पर्वतका ९१ साना उद्योग बन्द

पर्वत– कोरोना महामारीसँगै आर्थिक मन्दीमा परेका पर्वतका ९१ साना उद्योग

महोत्तरीका किसानले पाए उखुको भुक्तानी

महोत्तरी– महोत्तरीका उखु किसानले चिनी उद्योगबाट आफ्नो उत्पादनको सम्पूर्ण भुक्तानी

कोशीका मुख्यमन्त्री कार्की सरकार गठन आह्वानविरुद्ध सर्वोच्च जाँदै

विराटनगर – कोशी प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान भएपछि

निर्मल लामा असल राजनीतिज्ञ हुनुहुन्थ्योः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट नेता निर्मल लामा