लमजुङमा ५६ प्रतिशत मत खस्यो « Khabarhub

लमजुङमा ५६ प्रतिशत मत खस्यो


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

लमजुङ– प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको आइतबार सम्पन्न भएको मतदानमा लमजुङमा ५६ प्रतिशत मत खसेको छ । निर्वाचन कार्यालय लमजुङका प्रमुख  नारायण सापकोटाका अनुसार  लमजुङमा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेकोमा ७४  हजार  ६ सय ५२ मत खसेको छ । जिल्लामा  ३९ हजार ९ सय २० महिला  र  ३४ हजार ७ सय ३२ जना पुरुषले मतदान गरेका छन् । 

लमजुङका १ सय ३० वटा मतदानस्थलको १ सय ८८ वटा मतदान केन्द्रबाट मतदान भएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।   लमजुङमा प्रतिनिधि सभा तर्फ एउटा र प्रदेश सभातर्फ २ वटा निर्वाचन क्षेत्र रहेका छन् ।  प्रतिनिधिसभातर्फ ११ जना र प्रदेश क मा ५ जना र प्रदेश ख मा ६ जना चुनावी मैदानमा  छन् ।

जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील  बैद्यले बताए ।  

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ५ : ५६ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण