मतदान सकिएसँगै मतगणनाको तयारी, काठमाडौंमा कहाँ-कहाँ हुँदैछ मतगणना ? « Khabarhub

मतदान सकिएसँगै मतगणनाको तयारी, काठमाडौंमा कहाँ-कहाँ हुँदैछ मतगणना ?


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आइतबार प्रतिनिधिसभा एवम् प्रदेशसभाको निर्वाचन सम्पन्न भएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान बेलुकी ५ बजे सकिएको हो । यससँगै मतगणनाको तयारी पनि भइरहेको छ ।

काठमाडौँमा पनि मतगणनाको तयारी भइरहेको छ । काठमाडौँमा प्रतिनिधिसभाको १० र प्रदेशसभाका २० निर्वाचन क्षेत्र रहेका छन् ।

काठमाडौँ क्षेत्र नम्बर १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्र, बानेश्वरमा हुनेछ भने क्षेत्र नम्बर २ को मतगणना थलीस्थित राधाकृष्ण मन्दिरमा हुनेछ ।

त्यसैगरी, क्षेत्र नम्बर ३ को मतगणना जोरपाटीमा रहेको चामुण्डा स्कुलमा हुनेछ । त्यस्तै, क्षेत्र नम्बर ४ को चपलीस्थित ज्येष्ठ नागरिक भवन, क्षेत्र नम्बर ५ को मतगणना टोखाको श्रीसमाज भवन, क्षेत्र नम्बर ६ को मतगणना धर्मस्थली, ७ को बालाजुस्थित जुडो हल, क्षेत्र नम्बर ८ को मतगणना स्वयम्भुको गितामाता स्कुलमा हुनेछ ।

क्षेत्र नम्बर ९ को मतगणनास्थल नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान रविभवन तोकिएको छ भने क्षेत्र नम्बर १० को मतगणना त्रिभुवन विश्वविद्यालयको स्मृती भवनमा हुनेछ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ६ : २८ बजे

हारेका र उम्मेदवारी फिर्ता लिएका सचिवालयमा समेटिँदा तोसिमा, रञ्जु र सागर अटेनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुक्रबार बसेको केन्द्रीय कमिटी

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी