अछाममा ५५ प्रतिशत मत खस्यो « Khabarhub

अछाममा ५५ प्रतिशत मत खस्यो


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

अछाम– अछाममा करिव ५५ प्रतिशत मतदान भएको छ । दुई वटा प्रतिनिधि सभा र चारवटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको अछाममा करिव ५५ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत पिताम्बर शर्माले जानकारी दिए । जिल्लाका क्षेत्र नम्बर १ का १०३ मतदान केन्द्र र क्षेत्र नम्बर २ का १०५ मतदान केन्द्र तथा तीन वटा अस्थायी मतदान केन्द्रमा छिटफुट घटना बाहेक शान्तिपूर्ण मतदान भएको र मतदाताले मतदान गरेका उनले बताए ।

जिल्लामा क्षेत्र नम्बर  १ मा ३८ हजार १३३ पुरुष, ४० हजार ९०२ महिला र १ जना अन्य गरी ७९ हजार ३६ मतदाता रहेका थिए ।
यसैगरी क्षेत्र नम्बर २ मा ३९ हजार २६३ पुरुष, ४० हजार ३६३ महिला र अन्य १ गरि ७९ हजार ६२७ जना मतदाता रहेका थिए । 

जिल्लाभर ७७ हजार ३९० पुरुष, ८१ हजार २५६ महिला र अन्य २ गरि १ लाख ५८ हजार ६ सय ५७ मतदाता रहेका छन् ।
कुनै मतदान केन्द्रमा ६०-६५ प्रतिशत तथा कुनैमा ५० प्रतिशतसम्म मतदान भएको निर्वाचन अधिकृत शर्माले बताए । 

अहिले कर्मचारी मतपेटिका सिल गरी मतदान अधिकृतको कार्यालयमा फर्किने क्रममा रहेका छन् । आफ्नो मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा निर्वाचन सकिएको र अब फर्किने क्रममा रहेको अछाम क्षेत्र नम्बर २ मा रहेको गंगा मावि मतदान केन्द्रका मतदान अधिकृत भीम बहादुर सिंहले जानकारी दिए । 

९२३ मतदाता संख्या रहेको उक्त केन्द्रमा ३ सय पाच महिला, १ सय ९३ पुरुष गरी ४ सय ९८ मतदान भएको उनको भनाइ छ । जुन ५३.९५ प्रतिशत रहेको मतदान अधिकृत सिंहले बताए ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ६ : ३८ बजे

प्रधानन्यायाधीशको चयन विधि गलत भए बहस गरौँ : लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानन्यायाधीशको चयन

प्रधानमन्त्री बालेनसँगको सहकार्य दीगो हुन्छ : सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफू र

सरकारका काम सोचविचारपूर्ण छन्, दुखमनाउ गर्नुपर्दैन : सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले वर्तमान सरकारले

विषाक्त खाना खाँदा ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

चितवन- भरतपुर महानगरपालिका–४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस चन्द