‘निर्वाचनको परिणाम एमालेको पक्षमा आउँछ’  « Khabarhub

‘निर्वाचनको परिणाम एमालेको पक्षमा आउँछ’ 


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष तथा काठमाडौँ क्षेत्र नं ५ प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले टोखा नगरपालिका-६ कार्यालयस्थित धापासी मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदानपश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले मतपरिणाम एमालेको पक्षमा आउने बताए ।

आज बिहान ८ः३० बजे मतदान गर्दै पोखरेलले चुनावी अभियानका क्रममा मतदाताहरूको उत्साहजनक उपस्थिति र सकारात्मक प्रतिक्रियाका कारण एमालेको पक्षमा मत परिणाम आउने विश्वास व्यक्त गरेका हुन्। 

निर्वाचित भएपश्चात् काठमाडौँ क्षेत्र नं ५ को विकाससँग सम्बन्धित रहेर जारी गरिएका २८ वटा प्रतिबद्धता पूरा गर्ने उनले बताए । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा कूल ७० हजार नौ सय १९ मतदाता छन् । यस निर्वाचन क्षेत्रमा ३१ वटा मतदान केन्द्र र ५० वटा मतदान उपकेन्द्र रहेका छन् ।

यस निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरपालिका, टोखा र बूढानीलकण्ठ नगरपालिकाभित्रका कूल १५ वटा वडा समेटिएका छन् । प्रदेशसभा १ तर्फ काठमाडौँ महानगर-२, ४ र ५ पर्दछन् । प्रदेशसभा २ तर्फ काठमाडौँ महानगर-३, बूढानीलकण्ठ नगरभित्रका वडा नं ३, ४, ५, ६ र ७ तथा टोखा नगरपालिकाभित्रका वडा नं २, ३, ४, ५, ६ र ७ समेटिएका छन् । 

 

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ७ : ०३ बजे

हारेका र उम्मेदवारी फिर्ता लिएका सचिवालयमा समेटिँदा तोसिमा, रञ्जु र सागर अटेनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुक्रबार बसेको केन्द्रीय कमिटी

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी