शान्तिपूर्ण वातावरणमा निर्वाचन भएको भन्दै प्रधानमन्त्री देउवाद्वारा मतदातालाई धन्यवाद « Khabarhub

शान्तिपूर्ण वातावरणमा निर्वाचन भएको भन्दै प्रधानमन्त्री देउवाद्वारा मतदातालाई धन्यवाद


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रुपमा सम्पन्न भएको भन्दै मतदातालाई धन्यवाद दिएका छन् ।

उनले भनेका छन् ‘प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। यसका लागि निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छु ।साथै निर्वाचन सफल गराउन अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चारकर्मी र राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यवेक्षकहरू लगायत सबैमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु।’

प्रधानमन्त्री देउवाले मतदानमा देखिएको उत्साहपूर्ण सहभागिताले नेपाली नागरिकका मनमा रहेको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको बताएका छन् । उनले निर्वाचनबाट आउने परिणामले मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणमा सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ७ : ३८ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण