मोरङमा भोलि बिहानदेखि नै मतगणना हुने « Khabarhub

मोरङमा भोलि बिहानदेखि नै मतगणना हुने


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

मोरङ – आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मोरङमा करिब ६४ प्रतिशत मत खसेको छ । जिल्लामा कुल सात लाख ३५ हजार ५२५ मतदाता रहेका छन् । त्यसको करिब ६४ प्रतिशत मत खसेको प्रदेश १ निर्वाचन कार्यालयका प्रमुख अधिकृत लेवनकश्यप अधिकारीले बताएका छन् ।

जिल्लामा अहिले मतदानस्थलबाट मतपेटिका संकलन जारी छ । मतपेटिका संकलन गर्न समय लाग्ने भएपछि सोमबार बिहानबाट मात्रै मतगणना गर्ने तयारी छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार सोमबार बिहानबाट मतगणना सुरु गर्ने तयारी रहेको बताए । मतगणनाका लागि सबै तयारी पूरा भएको दाहालले बताए ।

मोरङमा चार स्थानमा मतगणना गरिंदैछ । निर्वाचन क्षेत्र नम्बर ४, ५ र ६ को मतगणना विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा हुनेछ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ८ : ३८ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण