काठमाडौं क्षेत्र नम्बर १ र ४ को मतगणना आजै रातिदेखि हुने « Khabarhub

काठमाडौं क्षेत्र नम्बर १ र ४ को मतगणना आजै रातिदेखि हुने


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १ र ४ को मतगणना आजै रातिदेखि हुने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार सबै मतदानस्थलबाट मतपेटिका संकलन भएको र सर्वदलिय बैठकबाट समेत सहमती जुटेकाले यी दुई क्षेत्रमा मतगणनाको तयारी गरिएको हो ।

काठमाडौं – १ को मतगणना संघीय संसद भवन रहेको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा हुनेछ भने काठमाडौं–४ को गणना बुढानीलकण्ठस्थित जेष्ठ नागरिक आश्रम परिसरमा हुनेछ । अरु निर्वाचन क्षेत्रबाट समेत मतपेटिका ल्याउने काम भइरहेको भन्दै उनले सर्वदलीय सहमति भए अरु ठाँउमा समेत आजैदेखि गणना सुरू हुने बताए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले दुई निर्वाचन क्षेत्रमा तत्काल मतगणना सुरु हुने बताए । उनका अनुसार आइतबार रातिसम्ममा गणना सुरू भइसक्नेछ ।

 

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ८ : ४५ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण