कतार विश्वकपको भव्य उद्घाटन | Khabarhub Khabarhub

कतार विश्वकपको भव्य उद्घाटन


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

दोहा – विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप कतार २०२२ को भव्य उद्घाटन भएको छ । कतारको अलखोरमा अवस्थित अल बायत स्टेडियममा आइतबार साझ एक विशेष समारोहकाबीच कतार विश्वकप औपचारिक उद्घाटन भएको छ ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आइतवार साँझ अल बायत स्टेडियममा फिफा विश्वकप कतार २०२२ को उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा फिफा अध्यक्ष जियानी ईन्फान्टिनो, कतार फुटबलका अध्यक्ष शेख हमाद बिन खलिफा बिन अहमद अल थानी, विभिन्न राष्ट्रका फुटबल अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहमा अमेरिकी कलाकार मोर्गन फ्रीम्यान, कोरियाली ब्यान्ड बीटीएस लगायतका स्थानीय कलाकारले प्रस्तुति दिएका थिए ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरसँग कतारको समयअनुसार साँझ ७ बजे प्रतिस्पर्धा गर्दैछ । समूह ए मा रहेका कतार र इक्वेडर बीचको खेल आज राती नेपाली समय अनुसार राति पौने १० बजे अल बायत स्टेडियममा हुँदैछ ।

​मध्येपूर्वको अरब राष्ट्रमा पहिलो पटक आयोजना भएको कतार विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ९ : ३६ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका