इन्सेकको प्रारम्भिक पर्यवेक्षण प्रतिवेदन हस्तान्तरण « Khabarhub

इन्सेकको प्रारम्भिक पर्यवेक्षण प्रतिवेदन हस्तान्तरण


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन समग्रमा शान्तिपूर्ण भए पनि केही जिल्लामा भएको विवाद र हिंसात्मक घटनाप्रति अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले चिन्ता व्यक्त गरेको छ ।

सो केन्द्रले निर्वाचनका प्रारम्भिक प्रतिवेदन आज प्रमुख निर्वाचन आयुुक्त दिनेशकुमार थपलियालाई बुझाउँदै आयोगले शून्य सहनशीलताको नीति अपनाएको भए पनि निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा कमी आएको नदेखिएको जनाएको छ ।

सो संस्थाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूलाई मतदान गर्ने प्रक्रिया सहज गरेको पाइएको जनाएको छ । सीमान्तकृत नागरिक, ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरी, अपाङ्गता भएका व्यक्तिलगायतका मतदातालाई विशेष व्यवस्था खानेपानी र शौचालयको व्यवस्था र स्वतन्त्र पर्यवेक्षकको अनुगमनमा पहुँचको विषयसमेत निर्वाचन र मानव अधिकार संरक्षणका लागि महत्वपूर्ण पक्षहरू रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा ३८ स्थानमा बम फेला, आठ स्थानमा बम बिस्फोट भएको र ६९ स्थानमा हवाई फायर भएको उल्लेख छ । इन्सेकले देशका सबै जिल्लामा सात सय ५१ जना पर्यवेक्षक परिचालन गरेको थियो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनमा देखिएका सुधार विगतमा पर्यवेक्षक संस्थाले गरेका सुझावकै आधारमा भएको जनाउँदै आगामी दिनमा गर्नुपर्ने कानूनी सुधार र मतदाता शिक्षाको नियमित सञ्चालनबारे आयोगले फड्को मार्ने गरी काम गर्ने सोच बनाएको बताए । इन्सेकका अध्यक्ष डा इन्दिरा श्रेष्ठले सो प्रतिवेदन बुझाएकी थिइन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ९ : ४७ बजे

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ