कांग्रेस पहिलो पार्टी बन्छ : उपसभापति गुरुङ « Khabarhub

कांग्रेस पहिलो पार्टी बन्छ : उपसभापति गुरुङ


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले आज सम्पन्न भएको निर्वाचनबाट नेपाली कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् । स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधिसभाका उम्मेदवारसमेत रहनुभएका नेता गुरुङले स्याङ्जासहित देशभर नै कांग्रेसको पक्षमा उत्साहजनक जनलहर रहेकाले कांग्रेस पहिलो पार्टीका रूपमा संसद्मा उपस्थित हुने बताए ।

पत्रकारहरूसँग सङ्क्षिप्त प्रतिक्रिया दिदै उनले स्याङ्जाका मतदानस्थलहरूमा पुग्दा कांग्रेसको पक्षमा मतदाताहरू सकारात्मक रहेको पाएको बताए ।

‘स्याङ्जाका केही ठाउँमा सामान्य विवाद, झैझगडाहरू भएका छन्, असामान्य केही पनि भएको छैन र निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको छ’, उनले भने, ‘स्याङ्जामा जस्तै देशैभर मतदाताहरूमा कांग्रेस पार्टीप्रति यही खालको सकारात्मक उत्साह र परिणाम छ भन्ने विश्वासमा छु, तसर्थ संसद्मा नेपाली कांग्रेस पहिलो पार्टीका रूपमा उपस्थिति जनाउँछ ।’

मतदानलाई सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने मतदाता, निर्वाचनमा खटिनुहुने कर्मचारीलगायत सबैप्रति उहाँले आभार प्रकट गरेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  १० : ०१ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ