'चिसोमा बिहान र बेलुका घरबाहिर जानु हुँदैन' | Khabarhub Khabarhub

‘चिसोमा बिहान र बेलुका घरबाहिर जानु हुँदैन’

‘प्रदूषण धेरै भएकाले मर्निङ वाक नजानु राम्रो’



निमोनियाको संक्रमण सबैभन्दा बढी ५ वर्षमुनिका बालबालिकालाई हुन्छ । समयमा निमोनियाको उपचार नहुँदा धेरै बालबालिकाको मृत्यु गराउने प्रमुख रोगमध्ये निमोनिया मुख्य हो। निमोनिया भनेको फोक्सोमा आउने एक प्रकारको सङ्क्रमण हो । जसमा फोक्सोका कोषहरू संक्रमित भएर सुनिन्छन् अनि श्वासप्रश्वासमा समस्या हुन्छ । निमोनिया धेरैजसो सूक्ष्म कीटाणु जस्तै विभिन्न ब्याक्टेरिया, भाइरस र फंगसले गराउँदछन् । नेपाल सरकारले अहिले धेरै खोपहरू निःशुल्क दिएको छ । हेपाटाइटिस, लहरे खोकी, भ्यागुते रोग लागेमा धेरै समयको अन्तरमा धेरै खोपहरू ल्याएको छ । भ्याक्सिनले धेरै रोगबाट मुक्त गरेको छ । जुन जुन अहिले नेपाल सरकारले दिएको छ, त्यो लगाउनु पर्दछ । यसै विषयमा आधारित रहेर डा. सुबोध सागर ढकालसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:

पछिल्लो समय निमोनिया धेरै बालबालिका र वृद्धा वृद्धालाई हुन्छ भनेर भनिन्छ, त्यसलाई हामीले कसरी बुझ्ने ?
निमोनिया जाडोमा धेरै हुन्छ । यो ६० वर्ष माथिको मान्छेमा र बालबालिकामा धेरै हुन्छ । यो चिसोमा भाइरस एकबाट दुई र दुईबाट चार भएर धेरै बढ्छ र चिसो हावाले पनि श्वासको नलीलाई सुख्खा बनाउँछ । स्वास फेर्न गाह्रो हुन्छ । युवामा पनि हुन्छ । वृद्धामा र बालबालिकामा भन्दा कम हुन्छ ।

प्रदूषणले पनि निमोनिया बढ्ने हो ?
हो, प्रदूषण भनेको विश्व भरी नै जाडोमा बढ्छ । अहिले वायुमण्डलमा धेरै फोहोरहरू गएर बसेको हुन्छ । जाडो महिनामा हावाको गति कम भएको कारणले त्यो प्रदूषणले हाम्रो श्वासको नली सुख्खा भएर खकार आउँदैन र शरिर भित्रको फोहोर फाल्न सक्ने शक्ति कम हुन्छ ।

चिसोकै कारण कारणले निमोनिया भएको भन्न सकिन्छ ?
चिसो कै कारणले त हुने हैन तर चिसो मा हुने हो । त्यसैले चिसोको समयमा बिहान बेलुका बाहिर जानु हुँदैन । म त मेरो बिरामीलाई यो जाडो मौसममा ‘मर्निङ वाक’ पनि नजानु घरमा नै बसेर योगाहरू गर्नु भन्छु ।

अस्पतालमा निमोनियाको उपचार कसरी हुन्छ ?
निमोनिया भाइरस र ब्याक्टेरियाको कारणले हुन्छ, त्यसैले हामी पहिला के कारणले भएको हो त पत्ता लगाउँछौँ र ब्याक्टेरियाको कारणले भएको निमोनिया हो भने त्यसलाई यान्टिबायोटिक दिएर निको गराइन्छ । भाइरल निमोनिया हो भने त्यसलाई यान्टि भाइरल दिइन्छ । जस्तो ः अहिले आएको कोरोना त्यो भाइरलको कारणले भएको हो । त्यसैले आफूलाई कुन किसिमको निमोनिया भएको हो भनेर पहिला जाँच गर्नु पर्दछ । ब्याक्टेरीयल निमोनिया हो भने खकार चेक गर्नु पर्दछ । टिभी रोग पनि एक प्रकारको ब्याक्टेरीयल हो । त्यसैले हामीले खकार रगतहरू जाँचेर त्यसको प्रकार पत्ता लगाउछौँ उपचारतर्फ जान्छाँै ।

निमोनिया भएको बेला घरमा नै के गर्न सकिन्छ ?
हामी कप ६५ भन्छौ । यदि केही गरी निमोनिया भएको छ र बिरामीमा कन्फ्युजन छ, युरिया लेबल हाई छ, ब्लड प्रेसर घटेको छ, २४ पटक भन्दा कम एक मिनेटमा श्वासको गति छ भने घरमा नै निको हुन्छ । यदि ६५ वर्ष भन्दा माथिको बिरामी हुनुहुन्छ भने भर्ना गरेर नै उपचार गर्नु पर्दछ । हामी त्यसमा स्कोरिङ गर्छौँ । निमोनियाको स्कोरिङ हुन्छ जस्तोः ०÷५, १÷५, २÷५ भन्ने हुन्छ । २/५ भन्दा तल छ भने हामी घरमा नै राखेर ट्रिटमेन्ट गर्छौँ । त्यो भन्दा माथि छ भने आईसियुमा राखेर उपचार गर्छौँ । एक पटक निमोनिया लागे पछि ७ देखि १० दिनको यान्टिबायोटिक चाहिन्छ । यो सानो,वयस्क वृद्धमा फरक फरक किटाँणु हुन्छ । त्यसैले सबैको उपचार फरक हुन्छ । चिकित्सकले बिरामीलाई यस्तो हो भनेर बुझाउन नसक्दा पनि यो समस्या ठुलो भएको छ ।

यो समस्या हुन नदिन के गर्ने ?
इन्फु्रन्जा भ्याक्सिन सबैले लगाउनु पर्दछ । हाम्रोमा ६० वर्ष कटेकोले लगाउने भन्ने छ त्यो हैन । निमोकक्कल भ्याक्सिन चाँहि ६० वर्ष भन्दा माथिकोले लगाउने हो ।

यो भ्याक्सिन नेपालमा सबैको पहुँचमा छ ?
निमोकक्कल भ्याक्सिन यो ६० वर्ष भन्दा माथिको ले लगाउनु पर्दछ त्यो अलि महँगो छ, यो ७ देखि ८ हजार पर्दछ । यो फ्लु सट हामीले हरेक वर्ष लगाउँछौँ यसको उपलब्धता र मोल ठाउँ हेरेर हुन्छ । ता पनि यसको १४ सम्म पर्न सक्छ ।

यो लगाए पछि कति प्रतिशत रोक्न सक्छ भन्ने हुन्छ ?
हुन्छ, जस्तो स्वयम् फ्लुहरू लगायतका रोगहरुबाट पनि यसले ३० प्रतिशत बचाउँछ यो लगाएर रोग लागे पनि कडा किसिमको लाग्दैन । यो भ्याक्सिन नेपालको सबै ठाउँमा त नहोला । तर काठमाडौँका अधिकांश अस्पतालमा उपलब्ध छ ।

निमोनिया वा श्वासप्रश्वास सम्बन्धी कुनै समस्या नआओस् भनेर केके कुरामा ध्यान दिने त?
समय समयमा हात धोइ रहने ।२ मिनेटको दुरी कायम गर्ने, मास्कको प्रयोग गर्ने, स्वस्थ खाना खाने, बिरामीलाई नभेट्ने । काठमाडौँमा बस्नेहरूले सधैँ मास्क लगाउन म अनुरोध गर्छु, मास्कले चिसो हावा भित्र पस्न दिँदैन, धेरै बुनेको मास्क नलगाउने, मेडिकल मास्क लगाउनु राम्रो हुन्छ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ८ : १५ बजे

राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोल्ने पार्टी एमाले मात्रै हो : ईश्वर पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक

खोलामा डुबेर बालिकाको मृत्यु

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–५ देउरालीस्थित खोलामा

पतञ्जलि प्रकरणबारे माधव नेपालले भने : अदालतबाट न्याय पाउने विश्वास छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

यस्तो देखियो ‘बलिदान’मा सौगात मल्लको लुक्स

काठमाडौं – निर्देशक तथा निर्माता सन्तोष सेनको महत्वकांक्षी फिल्म ‘बलिदान’का