झापामा शव भेटिएका दम्पतीको पहिचान खुल्यो | Khabarhub Khabarhub

झापामा शव भेटिएका दम्पतीको पहिचान खुल्यो


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

विर्तामोड – झापाको मेचीनगरस्थित चारआली जङ्गलमा भेटिएका शवको पहिचान खुलेको छ। अर्जुनधारा–११ स्थायी ठेगाना भएका नेत्रकुमार इङ्नाम लिम्बू र उनकै श्रीमती सन्जु रहेको प्रहरीले पुष्टि गरेको हो।

लिम्बू दम्पतिको कुहिन लागेको शव सोमबार दिउँसो भेटिएको थियो। दुवैको शव ७० प्रतिशत कुहिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए।

उनका अनुसार पुरुष झुन्डिएको र महिला भुइँमा लडेको अवस्थामा भेटिएको थियो भने शवको प्रकृति हेर्दा करिब १० दिनअघि मृत्यु भएको अनुमान गर्न सकिन्छ। प्रहरीले घटनास्थलबाट एउटा दाउ, दुई जोर चप्पल, रस्सी फेला पारेको छ।

सोमबार दिउँसो साढे २ बजे जङ्गलभित्र घाँस, दाउरा टिप्न गएका स्थानीयले शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। यसपछि प्रनाउ महतोका नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। लिम्बू दम्पती करिब १० दिनदेखि डेराबाट बेपत्ता रहेको जनाइएको छ। उनीहरु मेचीनगर–१२ मा डेरा बस्दै आएका थिए।

नेत्रकुमारले सन्जुसँग दोस्रो विवाह गरेका थिए। सम्बन्धविच्छेद भइसकेको नेत्रकुमारको पहिलाको श्रीमतीपट्टि सन्तान रहेको जनाइएको छ।

नेत्रकुमारको घाँटीमा डोरी भेटिएकाले उनले आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए। “घटनास्थलमा हतियार भेटिएकाले हत्यापछि आत्महत्याको आशङ्का गरिएको हो”, उनले भने, “शव परीक्षण रिपोर्टले मात्र यसको पुष्टि हुनसक्छ।”

घटनास्थलमा भेटिएको दाउ नेत्रकुमारले घरबेटीको घरबाट मागेका थिए। दुवै शवको कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि सोमबार साँझ धरान घोपा पठाइएको प्रवक्ता पाठकले जानकारी दिए।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ८ : ४९ बजे

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

भक्तपुर – यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा एक साताभित्र

खैरो हिरोइनसहित नुवाकोटका चार युवा झापामा पक्राउ

झापा – झापाको भद्रपुर–७ आनिमार्गबाट २०० दशमलव ३९ ग्राम खैरो

पतञ्जलि जग्गा प्रकरण : यस्तो छ माधव नेपालविरुद्ध अदालतको आदेश

काठमाडौं – विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई रु ३५ लाख

मेडिकल क्षेत्रमा काम गर्नेले ‘चिकित्सा नैतिकता’ छोड्नु हुँदैन : पूर्व राष्ट्रपति यादव

चितवन – पूर्व राष्ट्रपति डा रामवरण यादवले स्वास्थ्य क्षेत्रमा काम

माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं – पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा जग्गा दिने निर्णयमार्फत आर्थिक