मलेसिया पुगेर नेपाल भ्रमणको प्याकेज बनाउन बोर्डको आग्रह « Khabarhub

मलेसिया पुगेर नेपाल भ्रमणको प्याकेज बनाउन बोर्डको आग्रह

मलेशियाको क्वालालाम्पुर र पेनाङमा ‘नेपाल सेल्स मिसन’ कार्यक्रम सम्पन्न


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपाल पर्यटन बोर्डले मलेसियाका पर्यटन व्यवसायीलाई नेपाल भ्रमण प्याकेज बनाउन आग्रह गरेको छ । पर्यटन बोर्डका सीइओ डा.धनन्जय रेग्मीले नाट्टासँगको सहकार्यमा मलेसियाको क्वालालाम्पुर र पेनाङमा ‘नेपाल सेल्स मिसन २०२२’ कार्यक्रम सम्पन्न गर्दै मलेसियाका पर्यटन व्यवसायीलाई नेपाल विशेष प्याकेज बनाउन आग्रह गरेका हुन् ।

कार्यक्रममा बोर्डका सीइओ डा.रेग्मीसहितको टोलीले मलेसियाका पर्यटन व्यवसायीहरुसंग अन्तरक्रिया गर्दै नेपाली पर्यटन व्यवसायी देखि सरकारी अधिकारीसम्मले नेपाल घुम्नका लागि त्यहाँका पर्यटन व्यवसायी र पर्यटकलाई आह्वानसमेत गरेका थिए ।

बोर्डका सीइओ डा.रेग्मीको नेतृत्वमा मलेसियामा गएको नेपाली पर्यटन टोलीले मलेसियाको पर्यटकीय सहर पेनाङमा सोमबार औपचारिक कार्यक्रम नै गरेर नेपाल भ्रमणको प्याकेज बनाउनेतर्फ ध्यानाकर्षण गराएको थियो । विश्वमै एक उत्कृष्ट गन्तव्यका रुपमा नेपाल रहेको भन्दै टोलीले नेपाल भ्रमण पहिलो प्राथमिकतामा राख्न मलेसियाका पर्यटन व्यवसायीलाई आग्रहसमेत गरेको थियो ।

कार्यक्रमको बि–टु–बी सत्रमा नेपालका विभिन्न ट्राभल एजेन्टस् कम्पनीका संचालकहरुले मलेसियाका समकक्षी तथा व्यवसायीहरुसंग नेपालका आकर्षक गन्तब्य र पर्यटनका प्याकेजबारे छलफल तथा सम्झौता गरेका थिए । टोलीमा काठमाडौँ, पोखरा, नेपालगञ्जका पर्यटन व्यवसायीसमेत रहेका नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।

काठमाडौँ र काठमाडौ उपत्यकाबाहिरका पर्यटन व्यवसायीसमेत बोर्डसँग मिलेर पहिलोपटक विदेशमा गएर कार्यक्रम गर्न सफल भएका हुन् । यसका लागि नाट्टाले विशेष संयोजनको काम गरेको हो । कार्यक्रममा बोर्डका सीइओ रेग्मीले कोभिडपछि अवस्था सामान्य बनेको र नेपालका पर्यटन व्यवसायी मलेसिया आएर आग्रह गरेकाले अब नेपाल भ्रमणको प्याकेज बनाउन दोहोर्याएका थिए ।

कार्यक्रममा बोर्डका सीइओ डा.रेग्मी नाट्टाका महासचिव कुमार थपलिया, नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल लगायतको सहभागिता रहेको थियो । यस्तै नेपाली पर्यटन व्यवसायीतर्फ कोइली टुर्सबाट पुष्करराज पाठक, ड्रागन होलिडेजबाट जोशना आचार्य, जुगल होलिडेजबाट बिदुर खतिवडा, कान्तिपुर होलिडेजबाट दामोदर ढकाल, एनएमबी ट्राभलबाट सुदर्शन नेपाल, शशिज होलिडेज इन्टरनेश्नलबाट युविका भण्डारी र स्पोर्टस् टुर्स एण्ड ट्राभलबाट राजेन्द्र जिसी (मिलन)को सहभागिता रहेको थियो ।

नेपाल पर्यटन बोर्डले पहिलोपटक काठमाडौँ उपत्यका र उपत्यका बाहिरका पर्यटन व्यवसायीलाई लिएर मलेसियामा कार्यक्रम गर्दै त्यहाँका नागरिक तथा व्यवसायीलाई नेपाल घुम्न निम्तोसमेत दिएको छ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ९ : ०० बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको