विराटनगर लागूऔषधसहित दुईजना पक्राउ « Khabarhub

विराटनगर लागूऔषधसहित दुईजना पक्राउ


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङको विराटनगर महानगरपालिकाबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८७ मिलिग्रामसहित दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका–२ बस्ने  २१ वर्षीय मनिष लिम्बू र सोही ठाउँ बस्ने २४ वर्षीय सुरज गिरी रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई लागूऔषध नियन्त्रण व्यूरो  विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

सुनसरी, बर्जु गाउँपालिका–६ स्थित नहरको डिलबाट अवैध लागूऔषध गाँजा करिब ४० किलोग्राम मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय चिमडीबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा रहेको प्रदेश १-०२-०४३ प ९९३४ नम्बरको मोटरसाइकल फेला पारी जाँच गर्ने क्रममा झोलामा रहेको उक्त गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  १२ : ५७ बजे

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन