चेतन हत्याप्रकरणमा मुछिएका वडाअध्यक्ष निलम्बनमा « Khabarhub

चेतन हत्याप्रकरणमा मुछिएका वडाअध्यक्ष निलम्बनमा


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

धनगढी-चेतन अयडी हत्या प्रकरणमा मुछिएका बाजुराको त्रिबेणी नगरपालिका ७ का वडा अध्यक्ष जुद्ध बहादुर अयडी निलम्बनमा परेका छन् ।त्रिवेणी ७ बस्ने चेतन अयडी हत्या प्रकरणमा प्रक्राउ परेका वडा अध्यक्ष अयडीलाइ पूर्वपक्षका लागि जिल्ला कारागार बाजुरा चलान गरिएपछि वडा अध्यक्षबाट उनी निलम्बनमा परेका हुन् ।

वडा अध्यक्ष अयडी थुन चेक आदेशमार्फत कारागार पठाएपछि उनी वडा अध्यक्षबाट स्वतः निलम्बनमा परेको निर्वाचन आयोगका उपन्याधिबक्ता गुरु प्रसाद वाग्लेले बताए । जिल्ला अदालत बाजुरा श्रेष्तादार पुष्पराज पाण्डेले वडा अध्यक्षलाई थप अनुसन्धानका लागि कारागार पठाइसकेकाले उनी अहिले निलम्बनमा परेको बताए । उनी निर्दोस रहेको पुष्टि भएमा भने निलम्बन फुकुवा हुने उनले बताए ।

मंगलबार जिल्ला अदालत बाजुराले थुन चेक आदेशमार्फत वडा अध्यक्षसहित ९ जनालाई पूर्वपक्षका लागि कारागार चलान गरेको हो । सरकारी वकिल कार्यलय बाजुराले २४ जनाविरुद्ध जन्मकैद माग दाबीसहित जिल्ला अदालत बाजुरामा उजुरी दर्ता गरेको थियो ।

२४ जना मध्ये १० जना मात्र प्रक्राउ गरेको थियो । एक जना मुटुको उपचारमा रहेकोले प्रहरीले ९ जनालाई मात्र जिल्ला अदालत पेश गरेको थियो । बाँकि १४ जना फरार रहेको प्रहरीले जनाएको छ । जिल्ला अदालत बाजुराले बाँकि १५ जनालाई ३० दिन भित्र अदालतमा हाजिर हुन पत्रचार सँगै वारेन्ट जारी गरेको छ ।

वडा अध्यक्ष जुद्ध नाटेश्वरी मन्दिरमा दलित पसेको भन्दै कुटपिट आरोपमा २ महिना पहिला जिल्ला अदालत बाजुराबाट १ लाख धरौटिमा छुटेका थिए । वडाअध्यक्ष सहित अन्य ३ जना १ लाख धरौटिमा छुटेका थिए । त्रिबेणि नगरपालिकाको नाटेश्वरी मन्दिरमा दलित माथि कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यलय बाजुरामा तिन जना विरुद्ध मुद्दा दर्ता भएको थियो ।

त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटेश्वरी मन्दिरमा प्रवेश गरी पूजापाठ गरेको भन्दै टेकेन्द्रसिंह सुनारलाई कुटपिट भएको प्रहरीले जनाएको छ । वडा अध्यक्ष अयडी अयडी नेपाली काँग्रेस निर्वाचित भएका हुन् ।

त्रिबेणी ७ को नाटेश्वरी आधारभुत बिद्यालयमा मतदानको बिबादलाई लिएर दुइ जनाको मृत्यु भएको थियो । ४ गते दिउँसो मतदानको समयमा नेपाली कांग्रेसका कार्याकर्ताले बुद कब्जा गर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाउँदा एक जनाको घटना स्थलमै मृत्यु भए पश्चात बिबादले चर्को रुप लिएको थियो । सुरक्षाकर्मीको गोलि लागेर स्थानिय कांग्रेस कार्यकर्ताको वडा नम्बर ७ का सञ्जिब अयडिको मृत्यु भएको थियो ।

४ गते साँझ त्रिवेणी ७ बस्ने अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको कांग्रेस कार्यकर्ताको कुटपिट बाट मृत्यु भएको थियो । मतदान केन्द्रमा भएको झडपमा प्रहरी हवल्दार कृष्ण कुँवरसहित तीन जना घाइते भएका थिए ।

अनेरास्ववियुले गरेको बन्द फिर्ता

नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले गरेको बाजुरा बन्द फिर्ता लिएको छ । अनेरास्ववियु बाजुराले यातायात, शैक्षिक संस्था, बजार र सरकारी तथा गैर सरकारी कार्यालय बन्द गरेको थियो ।

अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य चेतनदिप अयडीका हत्यारालाई महिना वित्न लाग्दासमेत प्रहरीले पक्राउ नगरि चरम लापरबाही गरेको भन्दै बाजुरामा ४ गतेदेखि यातायात, शैक्षिक संस्था, सरकारी कार्यालय र बजार बन्द गराएको अनेरास्ववियुका लक्ष्मण रोकायाले बताए ।

अनेरास्ववियु बाजुराले एक बिज्ञप्ती मार्फत मगलबार साँझ ४ बजेबाट बन्द फिर्ता लिएको अनेरास्ववियु बाजुराका सहसचिव प्रेम नेपालीमार्फत जारी विज्ञप्तीमा उल्लेख गरेको छ ।

चेतन ऐडीको न्यायको लागि ३ गतेबाट बाजुरामा यातायात सेवा अनिश्चितकालको लागि बन्द गरेको थियो । गएको मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दिन साँझ घरमा सुतिरहेका चेतनलाई काँग्रेस कार्यकर्ताहरूले घरभित्रै गएर बीभत्स हत्या गरेको भन्दै चेतनका बुवा गगन अयडीले २४ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दिएका छन् ।

यता जिल्ला प्रहरी कार्यालय बाजुराले भने जाहेरीमा नाम उल्लेख भएका २४ मध्ये ९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।

– मोहन जोशी/न्युज कारखाना

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ८ : ५८ बजे

नवनिर्वाचित सदस्यहरूको शपथ चैत १२ गते हुने

काठमाडौं– प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण चैत्र १२ गते हुने

काठमाडौंमा २७ औँ ‘फ्लोरा एक्स्पो’ सुरु

काठमाडौं– फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि २७औँ फ्लोरा एक्स्पो सुरु

ज्ञानबहादुर शाही राप्रपा दलका नेता, खुश्बु ओ‌ली प्रमुख सचेतक

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले जुम्लाबाट प्रत्यक्षतर्फका विजेता ज्ञानबहादुर शाहीलाई संसदीय

पाहाँ चर्‍हे जात्रा समापन (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकाको ठूलो पर्व जात्राको रुपमा लिइने पाहाँ चर्‍हे

होर्मुज तनावबीच ट्रम्प–ताकाइची भेट, अमेरिका–जापान सम्बन्धमा संवाद

वासिङ्टन– मध्यपूर्वमा बढ्दो युद्ध र रणनीतिक दृष्टिले महत्त्वपूर्ण स्ट्रेट अफ