फ्रिज विस्फोट हुँदा कर्नाटकमा एकै परिवारका चार जनाको मृत्यु « Khabarhub

फ्रिज विस्फोट हुँदा कर्नाटकमा एकै परिवारका चार जनाको मृत्यु


३० भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। घटनामा अन्य दुई जना घाइते भएका छन्।

प्रहरीका अनुसार मंगलबार बिहान बेलगावी जिल्लाको सेन्ट्रल बस स्ट्यान्डनजिकै रहेको चाभाट गल्लीमा परिवार बस्दै आएको घरमा फ्रिज विस्फोट भएको हो।

विस्फोटपछि लागेको आगलागीमा परी चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा घाइते भएका दुई जनाको शरीरमा करिब ६० प्रतिशतसम्म जलेको बताइएको छ। उनीहरूको उपचार भइरहेको छ।

बेलगावी कर्नाटकको राजधानी बेंगलुरुदेखि करिब ५०६ किलोमिटर उत्तरपश्चिममा पर्छ।

घटनाका सम्बन्धमा प्रहरीले मुद्दा दर्ता गरी फ्रिज विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति : ३० भदौ २०८३, मंगलबार  ३ : ०७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली