बालेनको पहलले नबढेको सेयर बजार, स्वर्णिमको कार्ययोजनाले बढ्यो « Khabarhub

बालेनको पहलले नबढेको सेयर बजार, स्वर्णिमको कार्ययोजनाले बढ्यो


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्र चलायमान बनाउन श्रृंखलाबद्ध छलफल तथा भेटघाट गरेपनि त्यसले सेयर बजारमा सकारात्मक असर दिन सकेको थिएन ।

तर, अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सोमबार र ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ ल्याएपछि भने मंगलबार सेयर बजार हरियाली बन्न पुगेको छ ।

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४८.५७ अंकले बढ्यो । मंगलबार नेप्सेमा ८ अर्ब २९ करोड १७ हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २६३३.६२ बिन्दुमा पुगेको हो । नेप्से उकालो लागेसँगै मंगलबार नेप्सेको पुँजीकरण पनि १.८७ प्रतिशतले बढेको छ ।

मंगलबार नेप्सेमा कारोबार भएका मध्ये २६५ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने १२ वटा कम्पनीको सेयर मूल्य घट्यो । एउटा कम्पनीको सेयर मूल्य भने मंगलबार स्थिर रह्यो । नेप्से बढेसँगै मंगलबार सबै समूहको उपसूचक सकारात्मक बन्न पुगेको छ ।

सोमबार अर्थ मन्त्रालयले ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ मार्फत पुँजी बजारलाई सकारात्मक गति दिन धेरै नीति अघि सारेको छ । सोही नीतिका कारण मंगलबारको सेयर बजारमा कारोबार रकम बढ्नुका साथै नेप्से उकालो लागेको अनुमान गरिएको छ ।
 

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  ३ : २४ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको