इजरायली सेनाको बेसबाट हतियार चोरी | Khabarhub Khabarhub

इजरायली सेनाको बेसबाट हतियार चोरी


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी : इजरायली सेनाको बेसक्याम्पमा तोडफोड गरी हतियार चोरेर कालो बजारी गरेको आरोपमा आठ इजरायली बेदुइनलाई पक्राउ गरिएको इजरायली सुरक्षा एजेन्सी (शिन बेट) ले मङगलबार जनाएको छ ।

अक्टोबरमा नेगेभको दक्षिणी क्षेत्रमा रहेको इजरायली सेनाको एसडे यमन बेसमा रहेको गोलाबारुद गोदामबाट करिब ३० हजार कारतूस हतियार चोरी भएको थियो। शिन बेटका अनुसार संदिग्धहरू सबै इजरायली नागरिकहरू बेरशेवाको उत्तरी ताराबिन अल-सानाको बेदुइन समुदायका रहेको बुझिएको छ । संदिग्धहरूको हारोन ए-साने, मामन ए-साने, मोहम्मद ए-साने र हमेद ए-साने लगायतका रहेको बताइएको छ ।
अब्दुल करिम अल-सने र तारेक अल-सनाई भनेर चिनिने अन्य दुई व्यक्तिले चोरीको बारुद बेच्ने काम गर्ने गरेको अनुसन्धानले खुलेको छ ।
यो सँगै चोरीका केही हतियार खरिद गर्ने तेल शेवाका असमत अबु अल्योन र उदय अबु सरिहान पनि पक्राउ परेका छन्।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ९ : ०७ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका