विद्यालयमा पुस्तकालय स्थापना गर्न एक हजार पुस्तक हस्तान्तरण « Khabarhub

विद्यालयमा पुस्तकालय स्थापना गर्न एक हजार पुस्तक हस्तान्तरण


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – साःफु भक्तपुरले सिन्धुपाल्चोक, पाटी भञ्याङस्थित ठूलो थकनी माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनाका लागि पुस्तक हस्तान्तरण गरेको छ । संस्थाले विद्यालयलाई कूल एक हजार ४० थान पुस्तक हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा साःफुका संस्थापक अध्यक्ष लक्ष्मी बखाद्यःले शिक्षामा सबैको पहुँच आवश्यक भएकाले दुर्गम क्षेत्रको सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई कक्षागत अध्ययनभन्दा बाहिरका ज्ञान वृद्धि गर्न सहयोग पुर्‍याउने उद्देश्यले पुस्तक प्रदान गरिएको बताए ।

पुस्तक लिँदै विद्यालयका प्रधानाध्यापक तिलकराज खत्रीले ठूलो थकनी माध्यमिक विद्यालयमा अझै पुस्तकालय स्थापना गर्न नसकेको अवस्थामा यस संस्थाले दिएका पुस्तकबाट पुस्तकालय स्थापना गर्न सहयोग पुगेको जनाए ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  १० : ४५ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित