लमजुङमा ‘हेलो डाक्टर’ सेवा सुरु, घरबाटै चिकित्सकसँग परामर्श लिन सकिने | Khabarhub Khabarhub

लमजुङमा ‘हेलो डाक्टर’ सेवा सुरु, घरबाटै चिकित्सकसँग परामर्श लिन सकिने


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – जिल्ला अस्पताल लमजुङले ‘हेलो डाक्टर’ सेवा सञ्चालनमा ल्याएको छ ।

लमजुङलगायत छिमेकी जिल्लाबाट कोरोनाको आंशका भएका विरामीलगायत अन्य रोगका बिरामीसमेत बढेपछि अस्पतालले घरमै बसेर पनि डाक्टरको परामर्श लिने व्यवस्थासहित ‘हेलो डाक्टर’ सेवा पुन: सुरु गरेको हो ।

कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेका व्यक्ति तथा कोरोना भाइरसको आशंका वा लक्षण देखा परेका व्यक्तिले स्वास्थ्य सम्बन्धी सल्लाह तथा परामर्श लिन मोवाइल नंम्बर ९८६४८९६७४५ मा फोन गर्न सक्नेछन् ।

कोरोनासँग सम्वन्धित मात्र नभई अन्य स्वास्थ्यसम्वन्धी समस्या भएका विरामीहरुले समेत उक्त नम्वरमा सम्पर्क गरी परामर्श सेवा लिन सक्ने अस्पतालले जनाएको छ ।

कोरोना भाइरस प्रभावित क्षेत्रबाट आएका र भाइरसको लक्षण देखा परेका नागरिकलाई अस्पतालका मेडिकल अफिसर लगायतका चिकित्सकले फोनबाटै सल्लाह सुझाव दिने हुँदा उनीहरुले सोही अनुसार सतर्कता अपनाउन सक्ने अस्पताल प्रमुख हेमन्त श्रेष्ठले वताए ।

अस्पतालले यसअघि कोरोना संक्रमण जोखिमकै अवस्थामा गत बैशाखमा पनि यो सेवा सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  १० : १५ बजे

लागत सहभागिता समझदारी पत्रमा हस्ताक्षर

कैलाली– खानेपानी मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास

पाखोबारीमा झाडी फाँडेर तरकारी खेती

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङको हम नमूना आवासीय माविका विद्यार्थीहरुले

फराकिलो जितसहित इङ्गल्यान्ड युरो कपको क्वार्टर फाइनलमा

काठमाडौं – वेल्समाथिको ६-१ को सफलतासहित इङ्गल्यान्ड युरो कप महिला

यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अल्काराजलाई हराउँदै सिनरले जिते फ्रेन्च ओपनको उपाधि

काठमाडौं – कार्लोस अल्काराजलाई ४-६, ६-४, ६-४,६-४ ले हराउँदै शीर्ष