भन्सार छलिएको ३० लाख मूल्य बराबरको सामग्रीसहित ट्रक नियन्त्रणमा « Khabarhub

भन्सार छलिएको ३० लाख मूल्य बराबरको सामग्रीसहित ट्रक नियन्त्रणमा


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – ३० लाख रुपैयाँ मूल्य बराबरको भन्सार छलीका सामान बोकेको एक ट्रकलाई पर्साको वीरगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज महानगरपालिका–१६ इदगाह चोकको सडकखण्डमा ना३ख ५६७१ नंको मालवाहक ट्रकलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

उक्त ट्रकमा भन्सार छली गरी ल्याइएका खुद्रा सामान फेला परेको प्रहरीको दाबी छ । सो क्रममा ट्रकका चालक पर्साको जगरनाथपुर गाउँपालिका–१ का ४५ वर्षीय लालबाबु महरालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उक्त ट्रकमा भएको मालसमानसहित रु ३० लाख मूल्याङ्कन गरी आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  १० : ०० बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित