पर्वतमा पशुपक्षी प्रयोगशाला भवन निर्माण सुरु « Khabarhub

पर्वतमा पशुपक्षी प्रयोगशाला भवन निर्माण सुरु


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत – पर्वतको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा डिस्पेन्सरी र प्रयोगशाला भवन निर्माण सुरु गरिएको छ ।

गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा डिस्पेन्सरी र प्रयोगशाला भवन निर्माण गर्न थालिएको हो । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्राङ्गणमा उक्त भवन निर्माण हुनेछ । पशुपक्षीको उपचार, कृत्रिम गर्भाधान, बन्ध्याकरणलगायतका कार्य गर्न तथा अन्य अनुसन्धानमूलक कार्य गर्न भवन निर्माण गर्न लागिएको हो ।

विसं २०७९ मसान्तसम्म भवन निर्माणको काम सक्ने लक्ष्य लिइएको विज्ञ केन्द्र प्रमुख रामजीप्रसाद शर्माले जानकारी दिए । भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले बिहीबार भवनको शिलान्यास गरेका हुन् ।

कार्यक्रममा मन्त्री बुढाले कृषि र पशुपालनलाई व्यावसायिक बनाउने तथा गरिबी निवारणका लागि नयाँ योजनाका साथ प्रदेश सरकार अगाडि बढेको बताए । प्रदेशका ११ जिल्लामा आफ्नो विशेषताअनुसार कृषि र पशुपालनको प्रवद्र्धन तथा विकास गर्ने खालका नयाँ कार्यक्रम ल्याउन गृहकार्य भइरहेको उनले जनाए ।

यसैबीच भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा सामुदायिक तथा छाडा कुकुरको बन्धाकरण शिविर पनि सञ्चालन गरिएको छ । दुई दिनसम्म कुकुर बन्ध्याकरण शिविर सञ्चालन हुने जनाइएको छ । छाडा कुकुरको सङ्ख्या बढी भएकाले त्यसको नियन्त्रणका लागि शिविर सञ्चालन गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रीय रिफिरल पशु चिकित्सालय काठमाडौँको विशेष टोलीमार्फत बध्याकरण शिविर सञ्चालन गरिएको हो । यसका लागि पशु सेवा विज्ञ केन्द्र र कुश्मा नगरपालिकाले सहकार्य गरेका छन् ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ११ : १५ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको