जनकपुरमा कोभिड विशेष अस्पताल सञ्चालन « Khabarhub

जनकपुरमा कोभिड विशेष अस्पताल सञ्चालन


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर – बढ्दो कोरोना सङ्क्रमणलाई दृष्टिगत गरी मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुनः कोरोना विशेष अस्पताल सञ्चालन गरेको छ ।

प्रतिष्ठानले सञ्चालन गरेको १०० शय्याको सो कोभिड विशेष अस्पतालमा २० भेन्टिलेटर र २० शय्याको आइसीयू शय्या रहेको प्रतिष्ठानका उपकुलपति प्रा डा रामकेवल साहले जानकारी दिए ।

यसका साथै कोभिड विशेष अस्पतालमा दैनिक ५० सिलिण्डरसम्म भर्न सक्ने क्षमताको अक्सिजन प्लान्टसमेत जडान गरिएको उपकुलपति प्रा डा साहले बताए । सञ्चालन गरेको कोभिड विशेष अस्पतालमा हाल दुई कोभिड सङ्क्रमितको उपचार भइरहेको र उपचाररत दुवै सङ्क्रमितको स्वास्थ्य अवस्था समान्य रहेको प्रतिष्ठानले जनाएको छ ।

कोभिड विशेष अस्पतालका अधिकांश शय्या अहिले खाली रहेकाले दैनिक तीन–चार जना अन्य रोगका बिरामीलाई समेत राखेर उपचार गरिरहेको उपकुलपति डा साहले बताए । विशेष अस्पतालको गत बुधवार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, मधेश प्रदेश सरकारका सामाजिक विकासमन्त्री नवलकिशोर साहलगायतले निरीक्षण गरेका थिए ।

प्रदेश सरकारबाट वार्षिक रु १० करोड अनुदानमा सञ्चालित सो प्रतिष्ठानले अघिल्लो कोरोनाकालमा पनि कोभिड अस्पताल सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  २ : ०० बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण