आज मध्यरातिबाट उपत्यकाभित्र सवारीसाधनमा जोर विजोर प्रणाली « Khabarhub

आज मध्यरातिबाट उपत्यकाभित्र सवारीसाधनमा जोर विजोर प्रणाली


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ उपत्यकाभित्र शुक्रबार मध्यराति १२ बजेदेखि सवारीसाधनमा जोर विजोर प्रणाली लागू गरिएको छ ।

कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि उपत्यका तीनवटै जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा शुक्रबार मध्यराति जिल्लाभित्र चल्ने सवारीसाधनमा जोर विजोर प्रणाली लागु गरिएको छ ।

‘जिल्लाभित्र जोर गते जोर र विजोर गते विजोर नम्बर प्रणालीमा सवारीसाधन सञ्चालन गर्ने’, जारी आदेशमा भनिएको छ ।

साथै लामो दूरीमा यात्रुको सम्भव भएसम्म एन्टिजेन परीक्षण गर्नुपर्ने पनि भनिएको छ ।

सवारीसाधन प्रयोग गर्दा अनिवार्य मास्क, सेनिटाइजरको प्रयोग गर्न, सिट क्षमताभन्दा बढी यात्रु नचढाउन आदेश दिइएको छ ।

बिहीबार जारी गरिएको आदेशमा अर्काे सूचना जारी नभएसम्मका लागि लागु हुनेछ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ११ : ३३ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको