लुकाइछिपाइ राखेको प्रतिबन्धित जडीबुटी बरामद | Khabarhub Khabarhub

लुकाइछिपाइ राखेको प्रतिबन्धित जडीबुटी बरामद


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

परासी – भारतीय सीमा नजिकै लुकाइछिपाइ राखेको अवस्थामा प्रतिबन्धित जडीबुटी प्रहरीले बरामद गरेको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सरावल गाउँपालिका–७ स्थित भन्सार नजिकै शाही ट्रेडर्स कवाड सङ्कलनस्थलबाट गए राति प्रहरीले ठूलो मात्रामा झ्याउ नामक जडीबुटी बरामद गरेको हो ।

गोप्य सूचनाका आधारमा प्रहरी चौकी भुजहवाबाट खटिएको प्रहरी टोलीले उक्त स्थानबाट १५१ बोरामा रहेको चार हजार ४५० किलो जडीबुटी बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

बरामद भएको जडीबुटी थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयमा बुझाइएको र कारोबारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  १ : ४५ बजे

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र