उत्कृष्ट ग्राहकलाई टाटा मोटर्सको उपहार « Khabarhub

उत्कृष्ट ग्राहकलाई टाटा मोटर्सको उपहार


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– टाटा मोटर्स् नेपालको एकमात्र अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ र टाटा मोटर्स्ले ‘आशा र उमंग बाँडौं, मनाउँ खुशियाली, यो दशैं र तिहारमा टाटा किन्दा जाँदैन हातखाली’को नाराका साथ आयोजना गरेको ‘टाटा मोटर्स् दशैं एण्ड तिहार अफर’ अन्तर्गतको बम्पर लक्की ड्रको विजेता घोषणा गरिएको छ । मोटर्सले गत माघ ३ गते सोमबार टाटा मोटर्स् ट्रक एण्ड बसेस् नेपालको आधिकारिक फेसबुक पेजमार्फत लाइभ लक्की ड्र कार्यक्रम गरि विजेता घोषणा कार्यक्रम सम्पन्न गरेको हो ।

देशैभरबाट ग्राहकवर्गको उल्लेखनीय सहभागिता रहेको योजनामा काठमाडौं र पोखराबाट १४ जना, इटहरीबाट ५ जना, हेटौंडाबाट १४ जना, बुटवलबाट ५ जना र नेपालगन्जबाट ५ जना गरि कुल ४३ जना ग्राहकहरूलाई लक्की ड्र मार्फत भाग्यशाली विजेता घोषणा गर्दै बम्पर उपहार अन्तर्गतको विभिन्न आकर्षक उपहारहरु प्रदान गरिएको कम्पनीले जनाएको छ ।

विजेताहरूमध्ये सामसुङ ट्याव एस सेभेन एफ इ ११ जनालाई, एलजी डबल डोर फ्रिज ११ जनालाई, ८ केजी वासिङ मेसिन ७ जनालाई, सामसुङ ग्यालेक्सी फ्लिप थ्री मोबाइल ७ जनालाई र एम आइ ६५ इन्चफोर के टिभी ७ जनालाई प्रदान गरिएको छ । सो अवसरमा सिप्रदी ट्रेडिङका सिइओ राजनबाबू श्रेष्ठले योजनामा ग्राहकहरूको उल्लेख्य सहभागिताले आफूलगायत कम्पनीलाई नै हर्षित बनाएको बताए ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  २ : ३० बजे

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

पर्यटकको रोजाइमा सुनसरीको वेतना सिमसार

मोरङ– सुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पूर्वतर्फ गएपछि हरियो वनले