गुणस्तरहिन महको उत्पादन गर्ने नरेश पक्राउ « Khabarhub

गुणस्तरहिन महको उत्पादन गर्ने नरेश पक्राउ


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–काठमाडौ उपत्यकाको विभिन्न स्थानहरुमा गुणस्तरहिन महको उत्पादन एवं बिक्री वितरण गर्दै आएका नरेश श्रेष्ठ भनिने नरबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा बिहीबार महानगरीय अपराध महाशाखाको विशेष टोलीले काठमाडौं महानगरपालिका वडा नं. २७ ज्याठा बस्ने नतिजा प्याकेजिङका सञ्चालक वर्ष ३८ का उनलाई मिसावट गरी गुणस्तरहिन मह बनाई रहेको अवस्थामा मह बनाउनको लागि प्रयोग गरिने बिभिन्न प्रकारका सामाग्रीसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार नरेशको साथबाट केमिकलहरु र ७ हजार ६ सय किलो गुणस्तरहिन तयारी तथा कच्चा महसमेत बरामद गरी प्रारम्भिक अनुसन्धान पश्चात अनुसन्धान कारबाहीको लागि शुक्रबार महानगरीय प्रहरी परिसर, टेकु, काठमाडौं पठाइएको छ ।

नरेशले विगत ७ बर्ष अगाडिदेखि निजको श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी गुणस्तरहिन मह बनाई बिक्री वितरण गर्दै आएको, नतिजा प्याकेजिङको नाममा कम्पनी दर्ता गरी स्पर्स हनी नामको लेबल टाँसी बिक्री बितरण गर्ने गरेको, गुणस्तरहिन मह काठमाण्डौ, भक्तपुर र पोखराका होटेल, रेष्टुरेण्टहरुमा थोक तथा खुद्रा बिक्री वितरण गर्ने गरेको, मह बनाउन प्रयोग हुने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गरी गुणस्तरहिन मह बनाई प्रति केजी ६ सय ५०मा बिक्री वितरण गर्दै आएको तथा स्पर्स हनी भन्ने ब्राण्ड दर्ता समेत भएको नदेखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  २ : ४५ बजे

पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला

कास्की – पोखरामा यही बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना

कमला नदीमा अस्थायी ‘डाइभर्सन’ बनाइँदै

सिरहा – हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा

जेनजी आन्दोलनमा लुटिएका हतियारसहित तीनजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारसहित तीनजनालाई

सरकारले खारेज गरेको भूमि आयोग यथास्थितिमा राख्न सर्वोच्चको आदेश

काठमाडौँ- सरकारले खारेज गरेको भूमि समस्या समाधान आयोग सर्वोच्च अदालतले

आयुर्वेद डा रामनारायण साहको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं – काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साहका पिता आयुर्वेद डा.