माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित « Khabarhub

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस संक्रमण तीव्र बनेपछि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

गत महिना आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादी केन्द्रले पदाधिकारीको टुङ्गो लगाउन शनिबारका लागि बैठक बोलाएको थियो । मुलुकभर कोरोना भाइरस संक्रमण बढेका कारण शनिबारका लागि बोलाइएको केन्द्रीय समितिको बैठक स्थगन भएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

कोरोना बढेसँगै सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि सार्वजनिकस्थलमा खोप कार्ड अनिवार्य गरेको छ । यस्तै आज रातिदेखि जोरबिजोर प्रणाली लागू गरिएको छ । यसअघि माओवादीको केन्द्रीय समिति बैठक गत पुस २५ गतेका लागि बोलाइएको थियो ।

केन्द्रीय कार्यालयका कर्मचारीलगायत नेतामा कोरोना संक्रमण पुष्टि भएपछि बैठक भोलिसम्मका लागि स्थगन गरिएको थियो । पुस अन्तिम साता माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, मात्रिका यादव, शक्ति बस्नेतलगायत एक दर्जनबढी नेतामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

महाधिवेशन सम्पन्न भएलगत्तै गत पुस १८ गते बसेको पहिलो केन्द्रीय समिति बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत चयन गरेको थियो । त्यसपछि बस्ने बैठकले पदाधिकारीको चयन गर्ने बताइए पनि कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमका कारण बैठक स्थगन भएसँगै पदाधिकारी चयन अनिश्चित बनेको छ ।

 

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  २ : ५७ बजे

फकल्यान्डमा बेलायतको अडान कायमै

लण्डन- अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलेले फकल्यान्ड टापुमाथि आफ्नो देशको दाबी

दुईजनाको उद्धार गरिएको त्रिशूली थ्री ‘ए’ भित्र अरू कोही भेटिएनन्

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौं– सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति पुर्‍याइएका

अष्ट्रेलिया भ्रमणमा नेपालको ब्याटिङ किन चल्न सकेन ?

काठमाडौं- नेपाल ‘ए’ क्रिकेट टोली हाल अष्ट्रेलिया भ्रमणमा छ ।

बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर

नारायणगढ– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले कयौँ पशुचौपाया बगाएर