मास्क अभियानलाई प्रभावकारी बनाउन सिडियो र एसपी नै सडकमा « Khabarhub

मास्क अभियानलाई प्रभावकारी बनाउन सिडियो र एसपी नै सडकमा


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले त्यसको रोकथाम तथा न्यूनीकरण गर्न मास्क अभियानलाई प्रभावकारी बनाउन सक्रिय भएको छ ।

मास्क अभियानलाई प्रभावकारी बनाउन शुक्रबार धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको नेतृत्वमा धनुषामा प्रहरी उपरीक्षक बसन्त रजौरे, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठसहितले जनकपुर बजारमा आफैँले मास्क वितरण गरेका छन् ।

प्रमुख जिल्ला अधिकार पौडेल, उपरीक्षक रजौरेसहितले बजारमा घुमिघुमी मास्क नलाएकाहरूलाई मास्क उपलब्ध गराउन आग्रह गरेका थिए ।

‘कोरोनाभाइरसको महामारी बढ्दै गएको छ, तपाईं मास्क लगाएर मात्र घरमा निस्कनु होस्, उपरीक्षक रजौरेले बाटोमा विना मास्क लगाएर हिड्नेलाई मास्क दिँदै भने, ‘मास्क लगाउने बानी बसाल्नुहोस्, त्यसले मसहित अन्य व्यक्तिको पनि स्वास्थ्य सुरक्षाको हिसावले राम्रो हुन्छ । मास्क नलगाएर सार्वजनिक स्थलमा हिँड्डुल गरेमा प्रहरीले जरिबाना काट्छ र पटक पटक यस्तो गल्ती दोहोर्‍याएमा अन्य कारबाही पनि गर्छ ।’

जिल्ला प्रशासनले मास्क नलगाउनेलाई अब १०० रूपैयाँ जरिबाना तिराउने निर्णय गरेको छ । संक्रमण बढ्दै गए पनि सर्वसाधारणहरूमा मास्क नलगाउने प्रवृत्ति देखिएपछि स्थानीय प्रशासनले कडाइ गर्ने भएको हो ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ४ : १८ बजे

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा