फोटो फिचर

सदाबहार उषा

By कुबेर डंगोल

January 21, 2022

काठमाडौं– सन् २००० कि ‘मिस नेपाल’ उषा खड्गीको पहिचान केवल मिस नेपाल मात्र होइन, उनी कुशल मोडल, कार्यक्रम सञ्चालक र व्यवसायी पनि हुन् । उषा नवौं ‘मिस नेपाल’ हुन् ।

उषाले ‘मिस नेपाल’को उपाधि जित्नुभन्दा अघिल्लो वर्ष अर्थात् सन् १९९९ मा पोखरामा भएको ‘मिस पोखरा’मा फष्ट रनरअप र त्यसपछि सन् २००० मा वीरगञ्जमा भएको ‘मिस वीरगञ्ज’मा फष्ट रनरअपकै उपाधि जितेकी थिइन् ।

उषाले सन् २००३ मा मिडिया पर्सनालिटी जिपी तिमल्सिनासँग विवाह गरेकी थिइन् । यो जोडीले सन् २०२० मा डिभोर्स गरे । उनीहरुको एक छोरा र एक छोरी छन् ।