सरकार ढल्छ भन्नेलाई प्रधानमन्त्रीको जवाफ : एउटा ढुंगाले विशाल नदी छेक्न खोजे जस्तै हो « Khabarhub

सरकार ढल्छ भन्नेलाई प्रधानमन्त्रीको जवाफ : एउटा ढुंगाले विशाल नदी छेक्न खोजे जस्तै हो

सुशासन र विकासलाई गति दिन अध्यादेश जरुरी थियो


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका प्रमुख दलका शीर्ष नेता, विज्ञ र सरोकारवाला पक्षसँगको सघन छलफलपछि सुशासन र विकासका लागि जरुरी ठानेर अध्यादेश ल्याइएको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओलीले सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरू ल्याइएको बताएका हुन् ।

जारी गर्नै पर्ने भएकाले अत्यन्तै सावधानी अपनाएर मिहिनेतसाथ मन्त्रिपरिषद्ले अध्यादेश सिफारिस गरेको प्रधानमन्त्रीको भनाइ थियो ।

‘सरकार टिकाउने मात्रै हाम्रो काम होइन, सरकार त आफैँ टिकिहाल्छ । यसलाई सफल बनाउनु र परिणाम दिनु हाम्रो मुख्य जिम्मेवारी हो,’ प्रधानमन्त्री ओलीले भने, ‘यी अध्यादेश यस रुपमा आउन सक्नुले सरकारको सुशासन र विकासको प्रतिबद्धता ज्वलन्त रुपमा प्रकट भएको छ ।’

सहमतिमा अध्यादेश आएको भन्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिबाट अध्यादेश रोकिएको हल्ला चलाइएको टिप्पणी गरे ।

‘यो पूर्ण सहमतिमा अध्यादेश आएको छ । अध्यादेश राष्ट्रपतिबाट रोकिएको हल्ला चलाइयो,’ उनले भने, ‘भूमिसम्बन्धी अध्यादेश अध्ययनका क्रममा रहेको मात्रै थियो, रोकिएको थिएन ।’

यसैबीच रोकिएको भनिएको भूमिसम्बन्धी उक्त अध्यादेश पनि प्रधानमन्त्रीले सिंहदरबारमा पत्रकार सम्मेलन गरिरहँदा राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासबाट जारी गरिसकेका छन् ।

अध्यादेशको विरोध भयो भनेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नक्कली विज्ञप्ति आएको प्रति प्रधानमन्त्री ओलीले आपत्ति जनाए ।

‘सबै भ्रमहरु चिरिएका छन् । सरकार ढल्यो भन्नेहरुका प्रयास विशाल नदीमा बसेर छेउबाट ढुङ्गा हानेर नदी छेक्ने प्रयास मात्रै हुन्,’ उनले भने ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ५ : ४८ बजे

राष्ट्रिय गौरवका आयोजना उच्च प्राथमिकतामा : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय गौरवका आयोजनालाई तोकिएको समयमै

सरकारको जवाफ- सुकुम्वासी बस्ती हटाउँदा सेनालाई खटाइएको हैन

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल सरकारले सुकुम्वासी बस्तीमा डोजर

खबराको केराखेती : समस्या पहिचान गर्न प्राविधिक टोली परिचालन

म्याग्दी– जिल्लाको बेनी नगरपालिका-२ खबराको केराखेतीमा देखिएको समस्या पहिचान गर्न

बैंकका सञ्चालक र ठूला शेयरधनीको पृष्ठभूमि अनिवार्य खुलाउनुपर्ने राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सुशासन र

सहकारी क्षेत्रमा कडाइ बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले