हिमाल जोगाएनाैँ भने नेपालको अस्तित्वमै प्रश्न उठ्न सक्छ : मन्त्री पाण्डे  « Khabarhub

हिमाल जोगाएनाैँ भने नेपालको अस्तित्वमै प्रश्न उठ्न सक्छ : मन्त्री पाण्डे 


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमाललाई जोगाउन नसकिएको अवस्थामा नेपालकै अस्तित्वमा प्रश्न उठ्न सक्ने बताएका छन् ।

एमएस म्युजिक एण्ड ईन्टरटेन्मन्टद्वारा आयोजित एभरेस्ट टुरिजम अवार्ड वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले जलवायु परिवर्तनका कारण हिमालको अस्तित्वमा असर पर्दै गएको उद्घोष गरेका हुन् ।

मन्त्री पाण्डेले भने, ‘जलवायु परिवर्तनका कारण हिमालहरू काला देखिन थालेका छन्। हिमालको अस्तित्व जोगाउन सकिएन भने नेपालकै अस्तित्वमाथि प्रश्न चिन्ह उठ्न सक्छ।’

 उनले प्रकृतिलाई जोगाउनु पर्ने चुनौती देखिएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण मुलुक संकटमा पर्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।

मन्त्री पाण्डेले जलवायु परिवर्तनले नेपालमा परेको असरबारे सिङ्गो विश्व एक ठाउँमा उभिनु पर्ने बताए। उनले हिमाललाई हिमालकै रूपमा रहन दिने गरी विश्वजगत एक ठाउँमा उभिनका लागि संयुक्त राष्ट्र संघसमेत चिन्तित हुनुपर्नेमा जोड दिनु पर्ने बताए। 

साथै उनले नेपाल विविधता पूर्ण संस्कृति र प्रकृतिले ओतप्रोत रहेको बताउँदै विश्वबाट नेपाल भ्रमणमा आउने पर्यटकहरूमाथि अथितिदेवो भवको मन्त्रलाई आत्मसात् गर्दै अघि बढ्न अनुरोध गरे। 

अवार्ड कार्यक्रममा १८ वटा देशका विदेशीहरूदेखि स्वदेशीहरूलाई विभिन्न विधाबाट सम्मान गरिएको थियो।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ५ : ४६ बजे

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले