फ्रन्टलाइनर स्वास्थ्यकर्मी र कर्मचारी धमाधम संक्रमित बन्दै | Khabarhub Khabarhub

फ्रन्टलाइनर स्वास्थ्यकर्मी र कर्मचारी धमाधम संक्रमित बन्दै


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँमा कोरोना संक्रमण दैनिक बढ्दो छ । दैनिक संक्रमण बढिरहेको बेला विशेषत स्वास्थ्यकर्मी र कर्मचारी बढी संक्रमित भइरहेको छन् । फ्रन्टलाइनर स्वास्थ्यकर्मी र कर्मचारीमा देखिएको संक्रमणदरले समुदायस्तरमा कोरोना भुसको आगो झैँ फैलिरहेको आकलन सहजै गरिन्छ ।

भीमाद नगरपालिका-६ स्थित भीमाद प्राथमिक स्वास्थ्य चौकीका १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य चौकीमा कार्यरत १९ जनामध्ये दुई जनालाई मात्रै कोरोना देखिएको छैन । तीन डाक्टरसहित अधिकांशलाई कोरोना पुष्टि भएपछि शनिबारसम्मका लागि स्वास्थ्य चौकीको सेवा बन्द गरेको वरिष्ठ ल्याब असिस्टेन्ट रूपक बुढा मगरले बताए ।

स्वास्थ्य शाखाले एक जनालाई काजमा खटाएर स्वास्थ्य चौकीबाट एन्टिजेन परीक्षण नियमित भइरहेको छ । यस्तै सुत्केरी सेवा पनि नियमित प्रदान गरिएको छ । ‘शनिबारसम्मलाई सेवा बन्द गरेका छौं । पहिलो चरणमा कोरोना पुष्टि भएकाहरूको फेरी परीक्षण गर्दा नेगेटिभ आएमा सेवा सुचारु हुन्छ । नभए केही दिन बन्द नै रहन्छ होला’, उनले भने ।

उनका अनुसार नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत चार मध्ये तीन जनालाई पनि कोरोना पुष्टि भएको छ । यसपालि संक्रमण पुष्टि भएकाहरूलाई ज्वरो आउने, टाउको भारी हुने, खोकी लाग्ने, जिउ दुख्ने, नाकबाट लगातार सिँगान बगिरहने, घाँटी खसखस हुने जस्ता लक्षण देखिएका छन् । जटिल प्रकृतिको समस्या भने अहिलेसम्म देखिएको छैन ।

शुक्लागण्डकी नगरपालिकाको कार्यालयमा कार्यरत १४ जना कर्मचारीलाई पनि कोरोना पुष्टि भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि नगरपालिकाको कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । शुक्रबारदेखि अर्को निर्णय नहुँदासम्मलाई सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत लिलावल्लभ न्यौपानेले बताए । ‘अत्यावश्यक सेवा प्रवाहका लागि उपलब्ध कर्मचारीबाट आलोपालो प्रणाली लागू गरिएको छ’, उनले भने ।

शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा बजारमा रहेको खैरेनीटार हेल्थपोष्टमा कार्यरत छ जना स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन् । सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने भएकाले कर्मचारी र स्वास्थ्यकर्मी बढी संक्रमित भइरहेको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तव बताउँछन् ।

स्वास्थ्यकर्मी नै संक्रमित भएपछि सेवा प्रवाहमा कठिनाइ भएको उनले बताए । ‘स्वास्थ्य चौकी र नगरपालिकामा सेवा लिनलाई संक्रमित पनि आए । जनस्वास्थ्यको मापदण्ड पालना भएन । त्यसैले कर्मचारी र स्वास्थ्यकर्मीमा संक्रमण सर्‍यो’, उनले भने ।

यतिबेला समुदायस्तरमै भुसको आगो झैँ भित्रभित्रै कोरोना फैलिरहेको उनको अनुमान छ । ‘अझै पनि स्वास्थ्यको मापदण्ड फिटिक्कै पालना भएको छैन । बजारमा मास्क नलगाइकन हिँडडुल गरेको देखिन्छ । स्वास्थ्यकर्मीको मात्र जिम्मेवारी हैन कोरोना रोकथाम गर्ने, अब सबै पक्ष एक जुट नहुने हो भने कोरोना नियन्त्रणमा लिनलाई मुस्किल हुन्छ’, उनले भने । समुदायस्तरमा त सामान्य रुघाखोकी ठानेर अझै परीक्षणको दायरामा नआएको उनको भनाई छ ।

जिल्लाको आँबुखैरेनी गाउँपालिकाका १४ जना कर्मचारी र स्वास्थ्यकर्मीलाई संक्रमण पुष्टि भएको छ । कर्मचारी र स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि बुधबारदेखि ९ माघसम्म गाउँपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरिएको छ । ‘समुदायस्तरमा परीक्षणको दायरा बढाउने हो भने अधिक संक्रमित भेटिन्छन्’, स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले बताए । प्रयोगशालाकै कर्मचारी संक्रमित भएपछि परीक्षणको दायरा बढाउन नसकेको उनको भनाई छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार दिउँसो जारी गरेको विज्ञप्ति अनुसार तनहुँमा ४२ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको छ । शुक्रबार तनहुँमा मात्र ६९ जनालाई कोरोना पुष्टि भएको छ ।

११६ जनाको कोरोना परीक्षण गरिएको थियो । हाल जिल्लामा ३३१ जना सक्रिय संक्रमित छन् । वैशाखयता जिल्लामा पाँच हजार ७१२ जनालाई कोरोना पुष्टि भएको छ । पाँच हजार २५१ निको भए । वैशाखयता मात्रै १३० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ११ : ०० बजे

उखु अभावले उद्योग बन्द, ‘क्रसिङ’ लक्ष्य हासिल भएन

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिजले यसपालि

आजका समाचार : बृहत् विरोध सभाको तयारीमा मोर्चा, नारायणहिटी अगाडि राजावादीको प्रदर्शन र युक्रेन युद्ध अन्त्यको सम्भावना

 सरकारका कारण बढेको असन्तुष्टिले गणतन्त्र रक्षामा चुनौती : समाजवादी मोर्चासमाजवादी

प्रतिनिधिसभाको चैत १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार

 काठमाडौं– सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आगामी १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार

सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक 

काठमाडौं– कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति ‘साहित्य

युक्रेन युद्धविरामका लागि पुटिनलाई दबाब दिन विश्व नेताहरूलाई आग्रह

 एजेनसी– बेलायतका प्रधानमन्त्री किर स्टार्मरले युक्रेनलाई ‘शान्तिको पक्ष’ भनेर प्रशंसा