प्रचुर सम्भावना तर गुमनाम 'इन्द्रेणी झरना' | Khabarhub Khabarhub

प्रचुर सम्भावना तर गुमनाम ‘इन्द्रेणी झरना’


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– तेह्रथुम, धनकुटा संखुवासभा जिल्लाको सीमानामा रहेको इन्द्रेणी झरना प्रचारप्रसार र संरक्षण अभावमा ओझेलमा परेकाे छ । धर्मदेवी नगरपालिका-३ संखुवासभामा रहेको झरना पर्यटकीय रुपमा प्रचुर सम्भावना छ र यहाँ काेही पनि पुग्दैनन् ।

पूर्वको पर्यटकीय गन्तव्य टिएमजेको प्रवेशद्धारको रुपमा रहेको वसन्तपुर बजारदेखि करिब आधा घण्टाकाे पैदल दुरी तथा मोटरसाइकलमा दशै मिनेटमा पुगिने भए पनि गुमनाम झै बनेको हो । स्थानीयवासीका साथै स्थानीय, प्रदेश र संघीय सरकारकाे आँखा नपुगेको यो झरनालाई पर्यटकीय रुपमा विकास गर्न प्रचार र संरक्षणको अभाव रहेको महालक्ष्मी-१ धनकुटाका विकास गुरुङले बताए । उनी भन्छन्, ‘यो झरना आफैमा सुन्दर छ । झरनालाई संरक्षण गर्दै सरकारको ध्यानकर्षण गर्न सकियो भने पर्यटकीय गन्तव्यकाे रुपमा विकास गर्न सकिन्छ ।’

कच्ची सडक छेउ जंगलको बीचमा रहेको झरना संरक्षणमा अहिले भने स्थानीयले चासो देखाउन थालेका छन् । झरना तीन जिल्लाको सीमाना रहेकोले तेह्रथुम, धनकुटा र संखुवासभाले संंरक्षणमा ध्यान नदिएको लालीगुराँस नगरपालिका-२ तेह्रथुमका गोपाल भुजेलले बताए । ‘झरना संखुवासभाको धर्मदेवी नगरपालिकामा पर्छ स्थानीय सरकारले चासो दिएको छैन् । अरु जिल्लाले त झन् ध्यान दिने कुरै भएन । जसका कारण ओझेलमा पर्दै आएको छ ।’ भुजलेले भने ।

घाम लागेको बेला झरनामा इन्द्रेणी देखिने भएकाले यसकाे नाम इन्द्रेणी झरना राखिएको महालक्ष्मी नगरपालिका-१ धनकुटाका कृष्ण गुरुङले बताए । कच्ची सडक झरनाको छेउसम्म पुगेपनि झरना संरक्षणको अभाव रहेको वसन्तपुरका मनिष श्रेष्ठले बताए । उनी भन्छन् ‘कच्ची सडक पुगे पनि यहाँ पूर्वाधार विकासको खाँचो छ । झरना क्षेत्रमा पुर्वाधार विकास गर्न सके पर्यटक भित्र्याउन सक्नेमा कसैकाे दुई मत छैन ।’

स्थानीय सरकार गठन भएको करिब पाँच बर्ष बित्न लाग्यो तर, यी र यस्ता पर्यटकीय गन्तव्यको विकासमा ध्यान नदिँदा सम्भावना बोकेका पर्यटकीय गन्तव्यहरू ओझेलमा पर्दै आएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  १० : ५६ बजे

प्रधानमन्त्रीद्वारा द्रुतमार्गको सुरुविन्दु समस्या समाधानका लागि पहल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)

नेपाली कांग्रेसमा ‘एआई’ बहसः नीतिगत व्यवस्थासँगै कार्यान्वयनमा जोड

पाटन – सूचना प्रविधिको विकाससँगै कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स)को विकास

क्यान्सर विजेताहरु हाम्रो प्रेरणाका स्रोत हुन् : डा. चालिसे

काठमाडाैं – भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल

सुक्खा सङ्कटग्रस्त मधेशमा तत्काल राहत दिनेगरी कार्ययोजना बनाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुक्खा सङ्कटग्रस्त

रङ्गशालाको काम नभएपछि १० करोडभन्दा बढी रकम फिर्ता

चितवन – भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सङ्घीय