सोमबार भगवान शिवको पूजा गर्नुहोस् (मन्त्रसहित) | Khabarhub Khabarhub

सोमबार भगवान शिवको पूजा गर्नुहोस् (मन्त्रसहित)


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सोमवारको दिन हिन्दू धर्म परम्पराअनुसार भगवान शिवका लागि समर्पित छ ।

मानिन्छ कि शिवजीको भक्तिका लागि हर समय नै शुभ मानिन्छ । पवित्र मनले पूजा गरेमा शिव आफ्नो भक्तहरुसंग चाडै प्रसन्न हुन्छन् ।

सोमवारको दिन राखिने ब्रतलाइ सोमेश्वर व्रतको नामले जानिन्छ। यसको आफ्नो धार्मिक महत्व हुन्छ। यसदिन चन्द्रमाको पूजा पनि गरिन्छ।

संहारका पनि देवताः

जहां एक तर्फ भगवान शिवलाइ भोले नाथ भनिन्छ र संसारको रक्षक भनिन्छ । त्यही उनलाई संहारको देवता पनि मानिन्छ । भगवान शिव सौम्य आकृति एवं रौद्ररूप दुइटैका लागि विख्यात छन् । अन्य देवहरु भन्दा शिवलाइ भिन्न मानिएको छ ।

सृष्टिको उत्पत्ति, स्थिति एवं संहारको अधिपति शिव नै हुन् । त्रिदेवमा भगवान शिव संहारको देवता मानिएको छ । शिव अनादि तथा सृष्टि प्रक्रियाको आदि स्रोत हुन् । उनको काल र महाकाल स्‍वरूप नै ज्योतिषशास्त्रको आधार हो । शिवको अर्थ यद्यपि कल्याणकारी मानिएको छ , तर उनले हमेशा लय एवं प्रलय दुइटै लाइ आफ्नो अधीनमा राखेका छन् ।

शिवको नामहरुको प्रभावः

सोमवारको दिन शिव जी को पूजा गर्दा उनको निम्‍नलिखित नामहरुको स्‍मरण गर्दा सांसारिक कष्‍ट र मानसिक तनाव बाट मुक्‍ति मिल्छ । यि नामहरु यस प्रकार छन।

ऊं अघोराय नमः

ऊं शर्वाय नमः

ऊं विरूपाक्षाय नमः

ऊं विश्वरूपिणे नमः

ऊं त्र्यम्बकाय नमः

ऊं कपर्दिने नमः

ऊं भैरवाय नमः

ऊं शूलपाणये नमः

ऊं ईशानाय नमः

ऊं महेश्वराय नमः

शिव पूजा बिधिः

सोमवार शिव पूजनका लागि प्रातः स्नान आदि नित्य कर्म बाट निवृत्त भएर पवित्र हुनुहोस् । त्यसपश्चात घरको मंदिर या कुनै शिव मन्दिर गएर भगवान शिवको साथ माता पार्वती र नन्दीलाई गंगाजल या पवित्र जल अर्पित गरौँ । जल अर्पित गरे पश्चात शिवलिंगमा चन्दन, चामल, बेलपत्र, सेतो फूल र धतुरो चढाउ । पूजा सम्पन्न गर्नका लागि भगवान शिवलाई घीउ, शक्करको भोग लगाउ र धूप, दीपले आरती गरौँ।

मन्त्र

ऊं नमः शिवाय ,

नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः

ऊंनमो नीलकण्ठाय

ऊं पार्वतीपतये नमः

ऊं पशुपतये नमः

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ५ : ५७ बजे

हिमालयन हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने 

काठमाडौं– हिमालयन हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ

विश्व पौडेलको छलाङ : देउवा परिवारसँग ‘कनेक्सन’को कमाल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको

पूर्वराष्ट्रपति भण्डारीबाट बुद्धजयन्ती र उँभौली पर्वको शुभकामना 

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जीवनमा करुणा, अहिंसा र शान्तिले मात्रै

बुद्ध जयन्ती कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनीमा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी पुगेका छन् । २५६९औँ

राष्ट्रपति पौडेलबाट बौद्धस्थित गुम्बामा पूजा, आराधना (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले २५६९औँ बुद्धजयन्तीका अवसरमा बौद्धनाथस्थित गुरु ल्हाखाङ