बेहुलीले पाहुनालाई लगाइन् यति धेरै नियम « Khabarhub

बेहुलीले पाहुनालाई लगाइन् यति धेरै नियम


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यतिबेला बिहेको सिजन चलिरहेको छ । हरेककालागि विवाह जीवनको महत्वपूर्ण भाग हुन्छ । त्यसैले हरेकले विवाहका लागि विशेष तयारी गर्छन् ।
यस्तैमा एक बेहुलीको बिहे अहिले चर्चा छ । उनले आफ्नो विवाहमा आउने पाहुनाका लागि अचम्मको नियम बनाउँदै त्यसको पालना नगर्नेलाई नराम्रो व्यवहार गरिने बताएपछि चर्चा चुलिएको हो ।

जस्मिन क्रुज नामकी एक महिलाले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा एउटा सूची शेयर गरिन् । जसमा उनले आफ्नो विवाहमा आउने पाहुनाका लागि नियम बनाएकी छन् र ती नियम पालना गर्न पाहुनालाई भनेकी छन् ।

ती बेहुलीले बनाएको पहिलो नियममा बच्चाहरू विवाहमा निषेध गरिएको छ अर्थात् पाहुनाले बच्चा ल्याउन पाउने छैनन् । यसमा केही छुट भने दिइएको छ । बेहुलीले छोराछोरी घरमा छाड्न नसक्ने र विवाहमा ल्याउन बाध्य भए ल्याएर पनि आफूसँगै राख्नुपर्ने र विवाहको क्रममा उनीहरूलाई एक पल पनि छाड्नु नहुने नियम लगाएकी छन् ।

ती बेहुलीले बनाएको विवाहको नियममा सबैभन्दा अचम्मको नियम हो, विवाहमा आउने कुनै पनि पाहुनाले सेतो लुगा लगाउन पाउने छैनन् । आफ्नो पहिरन सेतो रङ्गको हुने भएकोले बेहुलीले पाहुनाले सेतो लुगा लगाएर आउन नपाउने नियम बनाएकी हुन् । नियम उल्लंघन गर्नेलाई रेड वाइनको पूर्ण बोतल खन्याइने उनले दण्ड पनि तोकेकी छन् ।

यसबाहेक बेहुलीले मदिरा पिउनेहरूलाई आफ्नो बिहेमा नआउन आग्रह गरेकी छन् । बेहुलीले बिहेमा निम्तो नपरेकाहरू समेत गल्तीले पनि आउन नहुने नियम लगाएकी छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ६ : १९ बजे

फ्लाईदुबईका पाँच यात्रुलाई ‘वीरता पुरस्कार’ घोषणा

जेरुसेलम– इजरायली राष्ट्रपति आइज्याक हर्जोगले बिहीबार पाँच इजरायली यात्रुलाई ‘वीरता’

पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि आग्रह गरिसक्यौँ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबारबाट सुरु हुने पार्टीको

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

काठमाडौं– बजाजले पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐनविपरीत कसुर

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका