२१ फेब्रुअरीका दिन विश्व इतिहासमा भएका केही महत्त्वपूर्ण घटना « Khabarhub

२१ फेब्रुअरीका दिन विश्व इतिहासमा भएका केही महत्त्वपूर्ण घटना


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज सन् २०२२ को २१ फेब्रुअरी । २१ फेब्रुअरीमा विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम :

प्रशान्त महासागरमा एक्लै उड्ने पहिलो व्यक्ति

सन १९५५ मा अमेरिकी व्यापारी तथा साहसी स्टेभ फोसेट बेलुनमा प्रशान्त महासागरमा एक्लै उड्ने पहिलो व्यक्ति बनेका थिए । यो उनको धेरै उड्डयन रेकर्डहरुमध्ये पहिलो थियो ।

रिचार्ड निक्सनको चीन भ्रमण

सन् १९७२ मा अमेरिकी राष्ट्रपति रिचार्ड एम निक्सनले जनगणतन्त्र चीनको राजकीय भ्रमण गरेका थिए । कम्युनिस्ट देश चीन र संयुक्त राज्य अमेरिका बीचको २१ वर्ष देखिको मतभेद अन्त्य गर्दै उनी सो भ्रमणमा निस्किएका थिए ।

भर्डन युद्ध

पहिलो विश्व युद्धको समयमा आजकै दिन भर्डन युद्ध सुरु भएको थियो ।  सन् १९१६ को फेब्रुअरी २१ देखि १८ डिसेम्बरसम्म फ्रान्सको भर्डनमा भएको सो युद्धलाई इतिहासकै सबैभन्दा ठूलो, लामो र रक्तपातपूर्ण मानिन्छ ।  फ्रान्स र जर्मनबीच भएको सो युद्धमा लाखौँ मानिस मारिएका थिए ।

डब्लूएच अडेनको जन्म

सन् १९०७ को २१ फेब्रुअरी अर्थात् आजकै दिन प्रसिद्ध अंग्रेज कवि डब्लूएच अडेनको जन्म भएको थियो । उनी आफ्नो युगको प्रमुख अंग्रेजी–भाषाका कविहरूमध्ये एक हुन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ७ : ०० बजे

कांग्रेस विशेष महाधिवेशनमा चार जनाले लगे सभापतिको मनोनयनपत्र

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत

पार्टी बलियो बनाउन नेतृत्व फेर्न पनि तयार छु : राजेन्द्र लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई बलियो बनाउन

नेपालमा शंकास्पद कारोबार रिपोर्टिङ ३० प्रतिशतले बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईले आर्थिक वर्ष

सरकारद्वारा मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत

काठमाडौं– सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत गरेको छ

कांग्रेसको दोस्रो पुस्ता जुर्मुराउँदा एमालेमा हलचल !

काठमाडौं- पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री