२१ फेब्रुअरीका दिन विश्व इतिहासमा भएका केही महत्त्वपूर्ण घटना « Khabarhub

२१ फेब्रुअरीका दिन विश्व इतिहासमा भएका केही महत्त्वपूर्ण घटना


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज सन् २०२२ को २१ फेब्रुअरी । २१ फेब्रुअरीमा विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम :

प्रशान्त महासागरमा एक्लै उड्ने पहिलो व्यक्ति

सन १९५५ मा अमेरिकी व्यापारी तथा साहसी स्टेभ फोसेट बेलुनमा प्रशान्त महासागरमा एक्लै उड्ने पहिलो व्यक्ति बनेका थिए । यो उनको धेरै उड्डयन रेकर्डहरुमध्ये पहिलो थियो ।

रिचार्ड निक्सनको चीन भ्रमण

सन् १९७२ मा अमेरिकी राष्ट्रपति रिचार्ड एम निक्सनले जनगणतन्त्र चीनको राजकीय भ्रमण गरेका थिए । कम्युनिस्ट देश चीन र संयुक्त राज्य अमेरिका बीचको २१ वर्ष देखिको मतभेद अन्त्य गर्दै उनी सो भ्रमणमा निस्किएका थिए ।

भर्डन युद्ध

पहिलो विश्व युद्धको समयमा आजकै दिन भर्डन युद्ध सुरु भएको थियो ।  सन् १९१६ को फेब्रुअरी २१ देखि १८ डिसेम्बरसम्म फ्रान्सको भर्डनमा भएको सो युद्धलाई इतिहासकै सबैभन्दा ठूलो, लामो र रक्तपातपूर्ण मानिन्छ ।  फ्रान्स र जर्मनबीच भएको सो युद्धमा लाखौँ मानिस मारिएका थिए ।

डब्लूएच अडेनको जन्म

सन् १९०७ को २१ फेब्रुअरी अर्थात् आजकै दिन प्रसिद्ध अंग्रेज कवि डब्लूएच अडेनको जन्म भएको थियो । उनी आफ्नो युगको प्रमुख अंग्रेजी–भाषाका कविहरूमध्ये एक हुन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ७ : ०० बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको