पोखरा विश्वविद्यालयका ११ हजार २६८ विद्यार्थी दीक्षित « Khabarhub

पोखरा विश्वविद्यालयका ११ हजार २६८ विद्यार्थी दीक्षित


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरा विश्वविद्यालयद्वारा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रममा उत्तीर्ण भएका ११ हजार २६८ विद्यार्थी दीक्षित भएका छन् ।

पोखरा महानगरपालिका–३० खुदीस्थित विश्वविद्यालय प्राङ्गणमा आइतबार आयोजित १७ औँ दीक्षान्त समारोहमा विसं २०७५ चैत २० गतेदेखि विसं २०७८ फागुन १ गतेसम्म शैक्षिक कार्यक्रममा उत्तीर्ण ती विद्यार्थीलाई दीक्षित गरिएको विश्वविद्यालयले जनाएको छ । दीक्षित विद्यार्थीमध्ये मानविकी तथा व्यवस्थापनतर्फको विद्यावारिधि तहमा तीन , विज्ञान तथा प्रविधि सङ्कायको स्नातकोत्तरतहमा ४९४, स्नातकतहमा दुई हजार ५२१ र स्वास्थ्य विज्ञान सङ्कायको स्नातकोत्तरतहमा ८४ र स्नातकतहमा एक हजार १४ जना छन् ।

यसैगरी मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गतको एमफिल तहमा ९७ , स्नातकोत्तरतहमा ९३ र स्नातकतहमा ५७ तथा व्यवस्थापन सङ्कायको स्नातकोत्तरतहमा एक हजार ६९६ र स्नातकतहमा पाँच हजार २०५ विद्यार्थी दीक्षित भएको विश्वविद्यालयका सूचना अधिकृत लोकप्रसाद ढकालले जानकारी दिए।

उनका अनुसार दीक्षान्तमा विभिन्न विधाका ९३१ विद्यार्थी ‘डीन लिष्ट’मा पर्न सफल भए । तीमध्ये व्यवस्थापन सङ्कायको स्नातकोत्तरतहमा २१९ र स्नातकतहमा ३९०, स्वास्थ्य विज्ञान सङ्कायको स्नातकोत्तरतहमा १८ र स्नातकतहमा ९५, विज्ञान तथा प्रविधि सङ्कायको स्नातकोत्तरतहमा ५७ र स्नातकतहमा १३६, मानविकी तथा सामाजिकशास्त्र सङ्कायको एमफिलतहमा पाँच, स्नातकोत्तरतहमा छ र स्नातकतहमा पाँच विद्यार्थी छन् ।

दीक्षान्त समारोहमा विद्यावारिधि तहमा सर्वोकृष्ट अङ्क प्राप्त गर्ने तीन जनालाई कुलपति पदक, स्नातकतहका विभिन्न विधामा सबैभन्दा उच्च अङ्क प्राप्त गर्ने आठ जनालाई उपकुलपति पदक र स्नातकोत्तरतहका विभिन्न विद्यामा सबैभन्दा उच्च अङ्क प्राप्त गर्ने १६ विद्यार्थीलाई कुलपति पदकले विभूषित गरिएको थियो ।

यसैगरी ‘कम्प्यूटर एप्लिकेशन’ स्नातकतहमा सबैभन्दा उच्च अङ्क प्राप्त गर्ने तीन विद्यार्थीलाई ‘ओसिइएम गोल्ड’ मेडलबाट विभूषित गरिएको सूचना अधिकृत ढकालले जानकारी दिए । विश्वविद्यालयको दीक्षान्त समारोहमा विगत तीन वर्षदेखि विविध कारणले हुन सकेको थिएन ।

समारोहमा शिक्षाविद् एवं काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा सुरेशराज शर्माले गण्डकी प्रदेश प्राकृतिक सौन्दर्यसँगै सांस्कृति र ऐतिहासिक दृष्टिकोणले पनि निकै धनी रहेको उल्लेख गरे । उनले यस प्रदेशमा प्रखर चिन्तक, लेखक, कवि र विद्वान्को प्रचुरता रहेको, राम्रा विद्यापीठ रहेको तथा जलविद्युत् उत्पादनमा पनि अग्रणी रहेको बताए।

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले पोखराको प्राकृतिक सम्पदा, मौलिकता तथा पहिचान झल्कने गरी शिक्षा, स्वास्थ्य, पर्यटन र उद्योगका विविध पक्षलाई समेटी पोखरा विश्वविद्यालयले आफ्ना नीति तथा कार्यक्रमलाई विस्तार गर्दै लैजाने जानकारी दिए। दीक्षित विद्यार्थीलाई सम्बोधन गर्दै उनले भने, ‘तपाईहरू जस्ता जोश, जाँगर र सीपले निपुण दक्ष युवा विकसित र समुन्नत राष्ट्र निर्माण गर्ने कार्यमा मजबुत आधार र बलियो खम्बा हो । भोलि देशलाई कस्तो बनाउने, कुन दिशामा लैजाने हो तपाईरूमा नै निर्भर गर्दछ ।’

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ८ : ५२ बजे

निर्वाचनको तयारी : राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा स्थानीय समस्यामा

भोजपुर– भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमा आफ्नो

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत– पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर कांग्रेस–एमाले आज सर्वोच्च जाँदै 

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान