टी-२० विश्वकपको ग्लोबल छनोट : क्यानडासँग भिड्दै नेपाल « Khabarhub

टी-२० विश्वकपको ग्लोबल छनोट : क्यानडासँग भिड्दै नेपाल


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आइसीसी टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज (सोमबार ) क्यानडाविरुद्ध प्रतिस्पर्धामा उत्रँदा नेपाल शतप्रतिशत जितसहित समूह विजेता बन्ने लक्ष्यमा छ ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार पौने ४ बजे सुरु हुनेछ । नेपालले छनोटअन्तर्गत यसअघि भएको समूह चरणका दुईमध्ये दुबै खेलमा जित निकालेको थियो ।

छनोटको पहिलो दिन शुक्रबार नेपालले घरेलु टोली ओमानलाई ३९ रनले र शनिबार फिलिपिन्सलाई १३८ रनले पराजित गरेको थियो ।

ग्लोबल छनोटको समूह ‘बी’ मा रहेको नेपाल चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ । यस्तै, दुई खेलबाट दुई अंक जोडेको क्यानडा दोस्रो र समान खेलबाट समान अंक रहे पनि रनरेटका आधारमा ओमान तेस्रो स्थानमा छ । अंकविहिन फिलिपिन्स समूहको पुछारमा छ ।

आज जितसहित समूह विजेता बने नेपालले सेमिफाइलनमा समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ । सेमिफाइलन जित निकाले नेपाल छनोटको फाइनलसँगै अक्टोबरदेखि अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोटमा हुनेछ ।

ग्लोबल छनोटका समूह ‘ए’ मा दुई खेलबाट चार अंक जोडेको सयुक्त अरब इमिरेट्स (यूएई) शीर्ष स्थानमा छ । यस्तै, दुई खेलबाट समान दुई अंक जोडे पनि बहराइन दोस्रो र आयरल्यान्ड तेस्रो स्थानमा छ । दुई खेल खेल्दासम्म खाता खोल्न नसकेको जर्मनी अन्तिममा छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  १० : १५ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल