टी-२० विश्वकपको ग्लोबल छनोट : क्यानडासँग भिड्दै नेपाल « Khabarhub

टी-२० विश्वकपको ग्लोबल छनोट : क्यानडासँग भिड्दै नेपाल


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आइसीसी टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज (सोमबार ) क्यानडाविरुद्ध प्रतिस्पर्धामा उत्रँदा नेपाल शतप्रतिशत जितसहित समूह विजेता बन्ने लक्ष्यमा छ ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार पौने ४ बजे सुरु हुनेछ । नेपालले छनोटअन्तर्गत यसअघि भएको समूह चरणका दुईमध्ये दुबै खेलमा जित निकालेको थियो ।

छनोटको पहिलो दिन शुक्रबार नेपालले घरेलु टोली ओमानलाई ३९ रनले र शनिबार फिलिपिन्सलाई १३८ रनले पराजित गरेको थियो ।

ग्लोबल छनोटको समूह ‘बी’ मा रहेको नेपाल चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ । यस्तै, दुई खेलबाट दुई अंक जोडेको क्यानडा दोस्रो र समान खेलबाट समान अंक रहे पनि रनरेटका आधारमा ओमान तेस्रो स्थानमा छ । अंकविहिन फिलिपिन्स समूहको पुछारमा छ ।

आज जितसहित समूह विजेता बने नेपालले सेमिफाइलनमा समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ । सेमिफाइलन जित निकाले नेपाल छनोटको फाइनलसँगै अक्टोबरदेखि अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोटमा हुनेछ ।

ग्लोबल छनोटका समूह ‘ए’ मा दुई खेलबाट चार अंक जोडेको सयुक्त अरब इमिरेट्स (यूएई) शीर्ष स्थानमा छ । यस्तै, दुई खेलबाट समान दुई अंक जोडे पनि बहराइन दोस्रो र आयरल्यान्ड तेस्रो स्थानमा छ । दुई खेल खेल्दासम्म खाता खोल्न नसकेको जर्मनी अन्तिममा छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  १० : १५ बजे

नेपालमा शंकास्पद कारोबार रिपोर्टिङ ३० प्रतिशतले बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईले आर्थिक वर्ष

सरकारद्वारा मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत

काठमाडौं– सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत गरेको छ

कांग्रेसको दोस्रो पुस्ता जुर्मुराउँदा एमालेमा हलचल !

काठमाडौं- पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री

उत्सर्जन कटौती सुस्त हुँदा फ्रान्सको जलवायु लक्ष्य संकटमा

एजेन्सी– फ्रान्सले सन् २०२५ मा लगातार दोस्रो वर्ष पनि हरितगृह

यश स्टारर ‘टक्सिक’ टिजरमाथि अश्लील दृश्यको आरोप

काठमाडौं — केजीएफ स्टार यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिकः ए फेयरिटेल