मधेस प्रदेश सरकारका पाँच वटा बस कवाडी बन्दै  « Khabarhub

मधेस प्रदेश सरकारका पाँच वटा बस कवाडी बन्दै 


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – मधेस प्रदेश सरकारले झन्डै डेढ वर्षअघि करोडौँ रुपैयाँ खर्च गरेर खरिद गरिएका पाँच वटा बस कवाडी बन्दै गएका छन्। २०७७ कात्तिकमै करिब चार करोडको लागतमा खरिद गरिएका पाँच वटा लामो समयदेखि मधेस भवन परिसरमा थन्क्याएर राखिएको छ ।

मधेस प्रदेशको राजधानी जनकपुरदेखि आठ वटै जिल्लाको सदरमुकामसम्म सञ्चालन गर्ने उद्देश्यले प्रदेश सरकारले बस खरिद गरेको थियो तर बस सञ्चालनका लागि आवश्यक पर्ने ऐन कानुन तथा कार्यविधि नहुँदा खुल्ला अकासमुनि थन्काएर राखिएको प्रदेश सरकारले जनाएको छ । थन्किएका बस डिस्कलर हुनुको साथै ब्याट्री, इन्जिन, टायरलगायत बिग्रदै गएको छ ।

तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको पालामा बस खरिद गरिएको थियो। नेपाली कांग्रेसका नेता रामसरोज यादव मन्त्री भएपछि ती बस सञ्चालनमा कुनै चासो दिइएको छैन। प्रदेश सरकारले आफैँ बस सञ्चालन गरे खर्च बढी लाग्ने भएकाले निर्णय हुन नसकेको हो ।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव दीपककुमार दासले भने, ‘बस खरिद गर्नुभन्दा त्यसको सञ्चालनको कार्यविधि तथा कसरी चलाउने विषय स्पष्ट हुनुपर्थ्यो ।  तर त्यस्तो गरिएन, त्यसैले बस अहिले त्यत्तिकै राखिएको छ । बससम्बन्धी नयाँ कार्यविधि बने पनि त्यसको विधान समितिबाट अहिलेसम्म पास नभएकाले बस थन्केको हो ।’

सचिव दासले प्रदेश सरकारले आफै बस चलाउन नसक्ने बताएका छन्। बस चलाएमा प्रदेश सरकारलाई थप आर्थिक भार पर्न जाने उनको भनाइ छ । बस सञ्चालनभन्दा पनि त्यसलाई लिजमा दिएर वा कुनै प्रतिष्ठानलाई दिने विषयमा छलफल भइरहेको उनले बताएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  १० : ०८ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती