लमजुङ कारागारका चार कैदीबन्दी रिहा « Khabarhub

लमजुङ कारागारका चार कैदीबन्दी रिहा


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङ कारागारका चारजना कैदी बन्दी रिहा भएका छन् । ७२औं प्रजातन्त्र दिवसको अवसरमा कारागार कार्यालयले उनीहरूलाई बाँकी कैद मिनाह गरेको हो ।

कारागारका जेलर जगदीश मिश्रका अनुसार कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेका दोर्दी गाउँपालिका–६ ढोडेनीकी ४६ वर्षीया खेशकुमारी गुरुङ, कर्तव्य ज्यान मुद्दाकै राइनास नगरपालिका–३ का ३६ वर्षीया सम्झना विक रिहा भएका हुन् ।

त्यसैगरी बहुविवाह मुद्दाका बेंसीसहर नगरपालिका–१० का ३३ वर्षीय सोमबहादुर तामाङ र अवैध वन पैदावार ओसारपसारसम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका बेंसीसहर नगरपालिका–६ का ५० वर्षीय मीनबहादुर तामाङ पनि छुटेका छन्।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  १० : ५० बजे

कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने भएको

कांग्रेस विशेष महाधिवेशनमा चार जनाले लगे सभापतिको मनोनयनपत्र

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत

पार्टी बलियो बनाउन नेतृत्व फेर्न पनि तयार छु : राजेन्द्र लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई बलियो बनाउन

नेपालमा शंकास्पद कारोबार रिपोर्टिङ ३० प्रतिशतले बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईले आर्थिक वर्ष

सरकारद्वारा मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत

काठमाडौं– सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत गरेको छ