गत वर्षको समयावधिभन्दा ३३ अर्ब बढी राजश्व सङ्कलन « Khabarhub

गत वर्षको समयावधिभन्दा ३३ अर्ब बढी राजश्व सङ्कलन


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा – नेपालकै मुख्य प्रवेशद्वार र प्रमुख व्यपारिक नाका वीरगन्जबाट नेपालका लागि हुने विभिन्न बस्तुको आयात निर्यातामा सुधार भएसँगै यसको सकारात्मक प्रभाव राजश्व सङ्कलनमा पनि देखिएको छ । कोरोना सङ्क्रमणको दरमा आएको कमीसँगै मुलुकभित्रको उद्योग व्यपारले गति लिएकाले राजश्व सङ्कलन बढेको हो ।

उक्त नाकाबाट नेपालका लागि हुने विभिन्न बस्तुको आयात तथा निर्यातमा सुधार भएपछि गत आर्थिक वर्षको साउनदेखि माघ महिनासम्ममा सङ्कलित राजश्वको तुलनामा चालु आवको सोही अवधिमा ३८ प्रतिशत बढी राजश्व सङ्कलन भएको छ ।

गत आर्थिक वर्षको ७ महिनामा रु ८८ अर्ब ५० करोड ४८ लाख राजश्व सङ्कलन भएकामा चालु आवको सोही अवधिमा रु एक खर्ब २१ अर्ब ७२ करोड ८४ लाख राजश्व सङ्कलन गर्न वीरगन्ज भन्सार सफल भएको छ । यो गत आवको सङ्लित राजश्वको भन्दा रु ३३ अर्ब २२ करोड ३६ लाख बढी हो ।

चालु आवको साउनदेखि माघसम्मका लागि भन्सार विभागले रु एक खर्ब १६ अर्ब ७१ करोड १५ लाख राजश्व सङ्कलन हुने प्रक्षेपण गरेकामा कार्यालयले लक्ष्य भन्दा चार दशमलव तीन प्रतिशत बढी अर्थात् रु पाँच अर्ब एक करोड ७८ लाख बढी सङ्कलन गर्न सफल भएको कार्यालयका सूचना अथिकारी सुमित गुप्ताले जानकारी दिएका छन् ।

सवारी साधनको आयातबाट सङ्कलित राजश्वमा २३ दशमलव २१ प्रतिशत र इन्धनको आयातमा ३७ दशमलव ९१ प्रतिशत बढी राजश्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  १२ : १७ बजे

पदाधिकारी नियुक्ति प्रक्रिया पारदर्शी बनाइने छ : मन्त्री मेहता

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ– लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ मा हालसम्म

बजेटका पक्षमा मतदान गर्न ‘ह्विप’ जारी

मकवानपुर– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज हेटौँडामा भएको

कांग्रेस एकताबारे असार २५ सम्म निर्णय माग्दै शेखरको अल्टिमेटम

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताबारे असार २५

अर्थमन्त्रीले भने- मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सिएल एक्सन टास्क