राजनीतिबाहेक साहसिक कार्यमा पनि रुची राख्छन् पुटिन « Khabarhub

राजनीतिबाहेक साहसिक कार्यमा पनि रुची राख्छन् पुटिन


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को– रूसी राष्ट्रपति कार्यलयको प्रशासन क्रेमलिनले केही समयअघि निकै आकर्षक र मन्त्रमुग्ध हुने खालका तस्बिर सार्वजनिक गरेको थियो, जहाँ राष्ट्रपति भ्लादमिर पुटिन साइवेरियामा हाईकिङ र माछा मारेका देखिन्थे । आफ्ना नजिकका सहयोगीलाई कोभिड भएपछि केही समय हराएका पुटिन साहसिक कार्यमा पुनः देखिएका थिए ।

आफ्नो छोटो बिदा मनाउन उनी साईवेरिया रुमल्लिएका थिए । त्यसअघि उनी प्राइमोरी र अमुर क्षेत्रको भ्रमण गरेका थिए । उनलाई रक्षामन्त्री सर्जी सोइजुले साथ दिएका थिए ।

सार्वजनिक भएका तस्विरमा पुटिन एउटा नदिबाट माछा समाएको र हरियो मैदानमा हिडडुल गरेको देखिन्छन् ।

‘एक्सन–म्यान’ ले समेत चिनिने पुटिन भालुको शिकार गरेको र माछा समाएका तस्बिरहरु विश्वका विभिन्न सञ्चार माध्यममा छापिएका थिए ।

साइवेरियाको जंगलमा नयाँ गेट अपमा प्रकट भएका पुटिनसँग धेरै मानिस झुक्किएका थिए । ‘के उनी रसियाकै राष्ट्रपति पुटिन हुन त’ उनका तस्विर सार्वजनिक भएपछि केही रसियालीले टिप्पणी गरेका थिए ।

उनी दक्षिणी साइबेरियाको सयानो शुशेस्की नेचर रिर्जभमा घुमेको अनुमान गरिएको छ ।

भिडियो फुटेजमा पुटिनले भालुको गुफातर्फ औंला तेर्साएको देखिन्छन् ।त्यस्तै, पुटिनले आरक्षण क्षेत्रमा सवारी गुडाएको र साइवेरियाको नदीमा डुंगा खेलेको, माछा समातेको र पहडामा हिडेको देखिन्छन् ।

आरक्षमा गाडी चलाउन पुटिन झन्डै हरिणसँग ठोकिएका थिए । ‘त्यति ठूलो हरिण मैले अहिलेसम्म देखेको थिइन,’ एउटा भिडियोमा उनले भनेका छन् ‘उनीहरू यस्तो तीब्र गतिमा गुडेको पहिलो पटक प्रत्यक्ष देखे ।’

भिडियो फुटेजमा पुटिनको टेन्टसमेत देख्न सकिन्छ ।

तर, धेरै रसियालीका लागि चलाख र हरेक क्षेत्रमा निपूर्ण पुटिनका यस्ता साहसिक कार्य नौला होइनन् । यसअघि उनी नांगो छाती प्रदर्शन गर्दै चस्मामा सजिएर एक हातमा राइफल झुन्डाएर घोडाचढी गरेको दृश्यले संसारको ध्यान तानेको थियो । त्यस्तै, उनले लडाकु जेट उडाएका तस्बिरले धेरै व्यक्ति उनको वास्तविक हुलियासँग झुक्किएका थिए ।

उनका साहसिक कार्यले पुटिन राजनीतिमा मात्र होइन साहसिक कार्यमा पनि पोख्त छन भन्ने देखाउँछ ।

सेप्टेम्वरको मध्यतिर ६८ वर्षीय पुटिनले भौतिक भेटबाट अलग रहेका थिए । क्रेमलिनमा कोभिड महामारी फैलिएपछि उनी एकान्तवासमा थिए । त्यतिवेला पुटिनका सहयोगीमा कोभिड पोजेटिभ देखिएको थियो ।

सो समयमा मस्कोले नेतृत्व गरेको सुरक्षा गठबन्धनको एउटा वैठकलाई उनले भर्चुअल सम्बोधन गरेका थिए । पुटिनले रसियामा निर्मित स्पुतनिक भी खोप लगाएका छन् ।

–न्यूजकारखानाबाट

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  १ : ०० बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको