विद्युतका खम्बा नसारिँदा सडक विस्तारमा समस्या | Khabarhub Khabarhub

विद्युतका खम्बा नसारिँदा सडक विस्तारमा समस्या


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर–राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि सडक किनारमा रहेका विद्युतका खम्बा नहटाइँदा काममा ढिलाइ भएको छ ।

यस वर्ष गैँडाकोटको भेँडाबारी (गैँडाकोटबाट ११ किमी पश्चिम)बाट देवचुलीको प्रगतिनगरसम्म १० किमी सडक कालोपत्र गर्ने योजना भए पनि विद्युतको खम्बाले समस्या परेको जनाइएको छ ।

‘बस्ती क्षेत्रमा छ लेनको सडक बनाउने ठाउँमा विस्तार भएको सडक कालोपत्र गर्ने योजना रहेको छ’, नारायणगढ बुटवल सडक आयोजना (पूर्वी खण्ड)का प्रमुख रमेशकुमार दिष्टीले भने, ‘त्यो ठाउँमा विद्युतको खम्बा सार्ने काममा ढिलाइ भइरहेका कारण कामसमेत प्रभावित भएको छ ।’ सडक किनारमा बस्ती क्षेत्र हुँदै ३३ केभी, ११ केभी र विद्युत्को वितरण लाइनसमेत गएको हुँदा खम्बा सार्नै समस्या भएको आयोजना प्रमुख दिष्टीले बताए ।

‘सडक विस्तारसँगै कालोपत्र गर्ने भनिएको ठाउँमा दुई लाइन खम्बा गाड्नै समस्या छ’, दिष्टीले भने, ‘दुई वटा खम्बाका बीचमा कम्तीमा पनि चार मिटर ग्याप चाहिन्छ, त्यसैले त्यो ठाउँमा समस्या छ ।’ नयाँ खम्बा गाड्न र पुराना खम्बा हटाउन समस्या भइरहेको दिष्टीले बताए ।

‘हामीले नेपाल विद्युत् प्राधिकरणसँग समस्याको समाधान मागिरहेका छौँ, त्यो ठाउँमा भएका पुराना खम्बा नहटाइँदा कालोपत्र गर्नै समस्या भएको छ’, दिष्टीले भने, ‘खम्बा सार्ने काम त हामीले नै गर्ने हो तर विद्युत् प्राधिकरणले लागत अनुमान दिएअनुसार काम गर्नुपर्छ, उहाँहरुले पहिले दिनुभएको लागत अनुमानअनुसार काम गर्न अप्ठ्यारो भयो ।’ ३३ केभीको प्रसारण लाइन एउटा खम्बामा र ११ केभीको प्रसारण लाइन अर्कोमा राख्नेगरी लागत अनुमान गरिएको भए पनि दुई खम्बा गाड्न समस्या भएको सडक विस्तार आयोजनाले जनाएको छ ।

‘यस क्षेत्रमा दुई वटा लागत अनुमान गाड्नेगरी लागत अनुमान भएको थियो, तर अहिले एउटा खम्बा मात्रै गाड्न सम्भव भएको छ’, दिष्टीले भने, ‘लागत अनुमानअनुसार काम गर्न ठाउँ भएन, हामी खम्बा गाड्न तयार छौँ तर उहाँहरुले काममा सहजीकरण गरिदिनुपर्‍यो ।’ एउटै खम्बामा सबै तार कसरी लैजान कसरी मिल्छ त्यो विषयमा विद्युत् प्राधिकरणले भनिदिएको खण्डमा काम चाँडो हुने दिष्टीले बताए । विद्युत् प्राधिकरणले दिएको लागत अनुमानअनुसार काम गर्न नसकिएपछि प्राधिकरणसँग दुई÷तीन चरणको छलफल भइसकेको भए पनि प्राधिरकरण बाटो फुकाउनतिर नलागेको दिष्टीले गुनासो गरे ।

एक महिनामा २.५ प्रतिशत प्रगति
आयोजना प्रमुख दिष्टीकाअनुसार सडक विस्तारको काममा पछिल्लो एक महिनामा २.५ प्रतिशत प्रगति देखिएको छ । जनवरीसम्म करिब १० प्रतिशत काम भएको पूर्वी खण्डमा अहिले १२ प्रतिशतभन्दा बढी काम भएको दिष्टीले जानकारी दिए । सो सडकखण्डको गैँडाकोटदेखि दाउन्नेसम्म नै सडक विस्तारको काम भइरहेको उनले बताए ।

‘अहिले सडक विस्तारको काममा दैनिक करिब ७०० को हाराहारीमा मजदुर प्रयोग भइरहेका हामीले जानकारी पाएका छौँ’, आयोजना प्रमुख दिष्टीले भने, ‘अहिले धेरै जनशक्ति पुल निर्माणमा जुटेको छ ।’ पूर्वी खण्डमा छ वटा ठूला पुल निर्माणको काम भइरहेको उल्लेख गर्दै उनले पुल निर्माणका लागि फाउण्डेशनको काम भइरहेको जानकारी दिए । त्यस्तै यस खण्डमा निर्माण हुने २२ साना पुलमध्ये १५ पुलमा निर्माणको काम भइरहेको दिष्टीले जानकारी दिए ।

‘पूर्वी खण्डमा निर्माण हुने २२ साना पुलमध्ये दुई वटाको निर्माण सम्पन्न भइसकेको छ, आठ वटामा सुपरस्टकचर (पुलको माथिल्लो भाग ढलान)को काम सम्पन्न भएर माटो भर्ने काम हुँदैछ’, उनले भने, ‘वर्षा अगाडि १५ वटै पुल निर्माणको काम सक्न निर्देशन दिएका छौँ ।’ अन्य नयाँ पुल निर्माणको काम सुरु नगरी निर्माण सुरु गरिएको पुलको काम सम्पन्न गर्न निर्देशन दिइएको दिष्टीले बताए । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक विस्तारको काम भइरहेको हो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  २ : ३० बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल असोज २१ गते सोमबार तदनुसार

आज २०८१ साल असोज २१ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज २१ गते सोमबार तदनुसार

आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

रुकुमपश्चिम – रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष

खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा

झापा – झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको