भाइरल ज्वरोका बिरामी बढे « Khabarhub

भाइरल ज्वरोका बिरामी बढे


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट–हुम्लाको दक्षिण भेगमा यतिबेला भाइरल ज्वरोका बिरामीको सङ्ख्या उच्च रहेको छ । दक्षिण भेगसहित जिल्लाभर ज्वरोका बिरामीको सङ्ख्या दिनप्रति दिन बढ्दै गएको छ ।

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमण देशभरि फैलिनुभन्दा केही महिनायता उक्त बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेको स्वास्थ्यकर्मीले बताएका छन् । माघ महिना सकिएर फागुन लागेयता यस क्षेत्रमा बिरामीको सङ्ख्यामा वृद्धि भएको हो । भाइरल ज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि भएपछि जिल्लाभरका स्वास्थ्यचौकीमा उपचार गर्न जाने बिरामीको घुइँचो लाग्ने गरेको छ ।

एक हप्ताको अवधिमा अदानचुली गाउँपालिकाको श्रीनगर स्वास्थ्यचौकीमा १६७ जना भाइरल ज्वरोका बिरामी उपचारमा आएको स्वास्थ्यचौकीका अहेब अशोक महताराले बताए । माघ महिनाको अन्तिमदेखि यस क्षेत्रमा बिरामीको सङ्ख्या उच्च रहेको छ भने छोटो समयमै ४०० भन्दाबढी ज्वरोका बिरामी उपचारमा आएको अहेब महताराले बताए ।

कोरोनासँगै मिल्दोजुल्दो लक्षण भए पनि कोरोना परीक्षण गर्ने किट अभावका कारण जाँच गर्न समस्या भएको बताइएको छ । देशभरि कोभिड–१९ शिथिल बन्न लागे पनि हुम्लामा उक्त भाइरससँग मिल्दो लक्षणका बिरामीको सङ्ख्या बढ्न थालेको हो । हुम्लाको अदानचुलीमा मात्र नभई अन्य गाउँपालिकामा पनि यो बिमारीको सङ्ख्यामा वृद्धि हुन थालेको स्वास्थ्यकर्मीले बताएका छन् ।

सात स्थानीय तह रहेको हुम्लामा प्रायः भाइरल ज्वरोका बिरामी भेटिन थालेका हुन् । जिल्लाको सदरमुकाममा रहेको जिल्ला अस्पतालबाहेक अन्य स्वास्थ्य संस्थामा यतिबेला किटको अभाव भएको छ । किट अभाव हुँदा स्वास्थ्यकर्मीलाई जाँच गर्न असहज भएको छ । यो बिरामी हुनेको सङ्ख्यामा वृद्धि भएपछि यस क्षेत्रका नागरिकलाई झनै समस्या भएको पाइएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ३ : १५ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल