चीनमा जनसंख्या बढाउन बेइजिङमा नयाँ नीति « Khabarhub

चीनमा जनसंख्या बढाउन बेइजिङमा नयाँ नीति


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– राजधानी बेइजिङमा सरकारको सहयोगमा सञ्चालित मेडिकल विमा योजनामा एक दर्जन भन्दा बढी प्रजनन सेवाहरु समेटिने भएका छन् । चीनको जन्मदर घटिरहेका बेला बच्चा जन्माउन चाहने दम्पत्तिलाई सहयोग गर्ने पहलस्वरुप थप प्रजनन् सेवाहरु समेटिन लागिएको हो ।

सहायता प्रजनन प्रविधि (एआरटी) प्रयोग गरेर कुल १६ मेडिकल सेवालाई २६ मार्चदेखि सहरको रज्य विमाले समेट्ने जनाइएको छ । सुरक्षात्मक प्रजनन उपाय चाल्ने एउटा कदमस्वरुप धेरै मेडिकल सेवालाई विमामा समेट्न लागिएको बेइजिङ डेलीले जनाएको छ ।

नयाँ प्रजनन योजनाले सेवाग्राहीको खर्च घटाउने र बच्चा जन्माउन खोज्ने कम आय भएका दम्पत्तिलाई फाइदा पुग्ने विश्वस गरिएको छ । त्यस्तै, नयाँ योजनाले निजी मेडिकल विमामा थोरै पहुँच वा पहुँच नै नभएकालाई सहयोग गर्नेछ ।

सरकारी तथ्यांकअनुसार चीनको जन्मदर सन् २०२१ मा दशकौपछि पहिलो पटक ह्वात्तै गिरावट आएको छ । गत वर्ष राष्ट्रिय सरकारले दम्पतीहरूलाई तीनवटा बच्चाहरू जन्माउन अनुमति दिएको थियो ।

‘चीनले जन्म दर बढाउन उचित कार्य गर्नेछ,’ प्रधानमन्त्री ली खसियाङले गत वर्ष मार्चमा वार्षिक संसदीय वैठकमा भनेका थिए ।

एक सन्तान नीतिका कारण चीनको वृद्ध जनसंख्या बढ्दो छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ५ : ०० बजे

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस