मनाङमा आइतबारदेखि पुनः हिमपात, यातायात अवरुद्ध « Khabarhub

मनाङमा आइतबारदेखि पुनः हिमपात, यातायात अवरुद्ध


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ–पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मनाङमा भारी हिमपात भएको छ । आइतबार बिहानदेखि माथिल्लो मनाङमा भारी हिमपात भएको हो । करिब १५ दिनअघि भएको हिमपातपछि अवरुद्ध सडक खुलाउन नपाउँदै आइतबारदेखि पुनःहिमपात भएको छ । आइतबारदेखि हिमपातपछि यातायात सञ्चालन हुन सकेको छैन ।

यहाँको सडकको हिउँ हटाउन नपाउँदै हिमपात भएसँगै समस्या भएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार मनाङको चामे र यस वरपरको तापक्रम माइनस ७ डिग्री सेल्सियस पुगेको छ ।

‘यहाँ पुनःहिमपात भएपछि सवारीसाधन चल्ने अवस्था छैन । भारी हिमपातले सवारी आवागमन अवरुद्ध भएको छ’, आचार्यले भने, ‘जनजीवन भने सामान्य रहेको छ ।’

मनाङ ङिस्याङ गाउँपालिकाको खाङ्सार, टङ्की र मनाङ च्याखु, भ्राका, मुङ्जे, घ्यारु, ङाबल, हुम्डे, पिसाङ, नार्पाभूमि गाउँपालिकाको नार, फू, क्याङ तथा च्याखु गाउँका साथै सदरमुकाम चामे बजार क्षेत्रसहित कोतो, थानचोक, तिमाङ र नासों गाउँपालिकाको तिल्चे, नाचे, ताचे, ओडार गाउँ, घेराङ गाउँ, घेलाञ्चोक गाउँ, थोंचे, धारापनी र तालगाउँमा भारी हिमपात भएको छ ।

पहाडी क्षेत्रमा वर्षा भएकाले जिल्लामा अझै पनि हिमपात हुनसक्ने देखिएको छ । हिमपात एवं चिसोबाट बच्न र सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय तथा प्रहरी कार्यालयले सूचना जारी गरी स्थानीयवासीलाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ५ : ४५ बजे

दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द

चितवन – दूधको अभाव भएपछि यहाँको चितवन मिल्क उद्योग तीन

अर्थमन्त्रीले देशको अर्थतन्त्रलाई सही तवरले ड्राइभ गर्न सक्दैनन् : प्रभु साह

रौतहट – आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना !

इचिकावा – जापानी चिडियाखानामा ओरङउटानको नरम खेलौना समातेर धेरै मानिसको

वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत

बागमती – बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयले एक वर्षे