एमाले हुम्लाको स्थगित अधिवेशन सुरू « Khabarhub

एमाले हुम्लाको स्थगित अधिवेशन सुरू


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत–नेकपा एमाले हुम्लाको स्थगित नवौँ अधिवेशन आजबाट सुरू भएको छ । हिमपातका कारण स्थगित भएको जिल्ला अधिवेशन सोमबारबाट सुरू भएको हो ।

यसअघि पहिलो पटक चिसोका कारण र दोश्रो पटक कोरोना महामारीका अधिवेशन स्थगित भएको थियो । एमाले हुम्लाका कार्यवाहक अध्यक्ष ज्ञानी बुमीले भने, ‘पार्टीको केन्द्रीय निर्देशनअनुसार स्थानीय तहको निर्वाचनअघि जिल्ला अधिवेशन गर्न लागिएको हो । अब स्थानीय तहको चुनावमा केन्द्रीत हुने गरी अधिवेशन गर्न लागेका हौं ।’

अधिवेशनका लागि सात गाउँपालिकाबाट एक सय २४ र जिल्ला कमिटीका एक सय ३५ जना गरी दुई सय ५९ जना अधिवेशन प्रतिनिधि छनोट भइसकेको बुमीले जानकारी दिए ।

अधिवेशनले नयाँ नेतृत्व छनोट गर्ने र सहमतिका आधारमा नयाँ नेतृत्व चयन गरिने कार्यवाहक अध्यक्ष बुमीले बताए । ‘आंकाक्षी साथीहरू हुनुहुन्छ । तर, हामी सहमतिकै आधारमा नेतृत्व चयन गर्छौँ ।’ उनले भने, ‘सहमति हुन नसके प्रक्रियामा अगाडि जान्छ ।’

कर्णालीका १० जिल्लामध्ये आठ जिल्लामा अधिवेशन भइसकेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ८ : ३० बजे

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने संकेत

एजेन्सी– अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको छ ।

केपी ओलीको शल्यक्रिया सकियो, आइसियुमा सारिँदै

काठमाडौं–   पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरी सम्बन्धी शल्यक्रिया सफलता पूर्वक

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको पत्थरीको

वैशाख महिनाका लागि घट्यो वाणिज्य बैंकहरूमा व्यक्तिगत निक्षेपको ब्याजदर

काठमाडौं– वाणिज्य बैंकहरूले आगामी २०८३ वैशाख महिनाका लागि नयाँ ब्याजदर

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

काठमाडौं– नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख पर्यटकीय